IME Life New

बंगलादेशमा बैंकास्योरेन्सका लागी अर्थ मन्त्रालयको स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ मन्त्रालयको वित्तीय संस्था महाशाखा (एफआईडी) ले बंगलादेशमा बैंकास्योरेन्स लागू गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

एफआइडीले केन्द्रीय बैंक बंगलादेश बैंकलाई नयाँ नियमहरू अन्तर्गत बीमा एजेन्टको रूपमा काम गर्ने अनुसूचित बैंकहरूका लागि आफ्नो ब्यांकासुरेन्स निर्देशिका राजपत्रमा प्रकाशित गर्न निर्देशन दिएको द बिजनेश स्टाण्डर्डले उल्लेख गरेको छ।

Esewa
Crest

बीमा विकास तथा नियामक प्राधिकरण (आईडीआरए) लाई पनि देशका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई बैंकलाई बिक्री गर्ने एजेन्ट बनाउनका लागि ‘कर्पोरेट एजेन्ट (बैंकास्योरेन्स) निर्देशन’ जारी गर्न निर्देशन दिइएको छ ।

निर्देशिकामा एउटा बीमकले तीनवटा बैंकसँग साझेदारी गर्न सक्नेछ भने बैंकले पनि तीनवटा बीमा कम्पनीका बीमालेखहरु बिक्री गर्न सक्नेछ भन्ने प्रावधान उल्लेख छ ।

बैंकहरूले बीमकको संस्थागत अभिकर्ता हुनको लागि केही वित्तीय मापदण्डहरू भने पुरा गरेको हुनुपर्छ ।

बीमा एजेन्टहरूले प्रतिस्पर्धाको डरले बैंकास्योरेन्स ल्याउने योजनाको विरोध गर्दा सरकार, नियामक र अन्य सरोकारवालाहरु बीमा उद्योगको विकासका लागी आधुनिकीकरणको पक्षमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS