IME Life New

बंगलादेशमा बीमा कम्पनी थपिंदा बीमामा पहुँच आधा घट्यो, नेपालमा संख्या थपिएपछि के होला?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सातवटा नयाँ लघु बीमा कम्पनीको मुखौटोमा नयाँ बीमा कम्पनीलाई इजाजत पत्र वितरण गर्ने अन्तिम तयारीमा रहेको बीमा समितिले बंगलादेशको अवस्थाबाट पाठ सिक्नुपर्ने देखिएको छ।

बंगलादेशमा बीमा कम्पनीको संख्या थपिएसँगै एक दशकको अवधिमा बीमामा आम नागरिकको पहुँच करिब पचास प्रतिशतले खस्किएको छ।

Esewa
Crest

नेपालमा बीमा समितिले बीमा कम्पनीको संख्या थपेर बीमामा आम नागरिकको पहुँच विस्तार गर्न संभव हुने तर्क अघि सारेर चार वटा निर्जीवन सहित सातवटा नयाँ लघु बीमा कम्पनीको इजाजत पत्र वितरण गर्दैछ। आम चुनाव लगत्तै समितिले इजाजत पत्र वितरण गर्नेछ।

बंगलादेशमा क्षेत्रमा ३५ वटा जीवन बीमा र ४६ वटा निर्जीवन बीमा कम्पनी छन् । नेपालमा १८ निर्जीवन र २० वटा जीवन बीमा कम्पनी संचालनमा छन्।

बीमा विकास र नियामक प्राधिकरण (IDRA) को तथ्याङ्क अनुसार सन् २०२१ मा जीवन बीमाशुल्क र कुल गार्हस्थ उत्पादनको अनुपात ९.५ प्रतिशत थियो । यसअघि २०१० मा ०.९४ प्रतिशत रहेको थियो।

यसको मतलब अधिकांश बंगलादेशीहरू बीमारहित छन् । बीमाशुल्क वृद्धि कुल गार्हस्थ उत्पादनमा वृद्विको तुलनामा वृद्धि भइरहेको छैन। अर्थव्यवस्थालाई ध्यानमा राख्दै बढिरहेको छैन, बीमाशुल्क आम्दानी पछिल्लो दशकमा औसतमा ६ प्रतिशतले वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS