IME Life New

बंगलादेशमा बीमा कम्पनीका ८ सञ्चालक विरूद्ध पाैने दुई अर्ब घोटालाको आरोपमा मुद्दा दायर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोनाली लाइफ इन्स्योरेन्स कम्पनीका पूर्व अध्यक्ष मुस्तफा गुलाम कुद्दुससहित कम्पनीका सञ्चालक सहित ८ जना उच्च पदस्थ अधिकारीविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।

बीमा कम्पनीले १ अर्ब ८८ करोड बंगलादेशी टाका हिनामिना गरेको आरोपमा बिहीबार मुद्दा दायर गरेको हो।

Esewa
Crest

दण्ड संहिता १८६० को दफा ४(२) र (३) र सम्पत्ति शुद्धीकरण ऐन २०१२ को दफा ४(२) र (३) बमोजिम एकीकृत जिल्ला कार्यालय ढाका–१ मा सहायक निर्देशक रकिबुल हयातले मुद्दा दायर गरेको आयोगका जनसम्पर्क अधिकृत अख्तरुल इस्लामलाइ उद्घृत गर्दै ढाका ट्रिब्यूनले उल्लेख गरेको छ ।

सोनाली लाइफ इन्स्योरेन्सका पूर्व अध्यक्ष मुस्तफा गुलाम कुद्दुसका साथै कुद्दुसकी छोरी फौजिया कमरुन तानिया, उनका छोरा मुस्तफा कमरुन सोभन, उनकी छोरी तस्निया कमरुन अनिका, उनकी श्रीमती फजलतुन्नेसा, निर्देशक शाफिया सोभन चौधरी, निर्देशक नूर-ए-हफ्जा, कम्पनीका पूर्व सीएफओ र कार्यवाहक प्रमुख कार्यकारी मीर रसिद बिन अमान विरूद्ध मुद्दा दर्ता गरिएको हो ।

मुद्दाको विवरणमा उल्लेखित अभियुक्तहरूले सोनाली लाइफ इन्स्योरेन्स कम्पनीको महत्वपूर्ण पदमा गैरकानूनी रूपमा आर्थिक लाभ उठाउने नियतले काम गरेको आरोप छ ।

अख्तियारको अनुसन्धानअनुसार उनीहरु ठगी र किर्ते, झुटा सम्झौता गर्ने र विश्वासघातको अपराधिक घटनामा संलग्न रहेको बताइएको छ । यसमार्फत उनीहरुले विभिन्न अवधिमा बीमा कम्पनीको कोषबाट अवैध रुपमा १ अर्ब ८७ करोड ८४ लाख १५ हजार ९६६ टाका दुरूपयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS