IME Life New

बंगलादेशमा पनि अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाटै ५५ किलाे सुन गायब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भन्सार गाेदामबाट सुन हराएकाे प्रकरण सेलाउन नपाउँदै दक्षिण एशियाली छिमेकी मुलुक बंगलादेशकाे विमानस्थल भन्सार गाेदामबाट पनि ५५ किलाे सुन चाेरी भएकाे छ।

ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको अति सुरक्षित भन्सार गोदामबाट ५५ किलो सुन चोरी भएको द विजनेश स्टाण्डर्डले उल्लेख गरेकाे छ । गोदामबाट ५५ किलो सुन हराएको अनौपचारिक जानकारी आफूलाई आएको विमानस्थल प्रहरी इकाईका सहायक उपायुक्त तोहिदुल इस्लामले बताएका छन् ।

Esewa
Crest

ड्यूटीमा रहेका अधिकारीले सबै चीजहरू ठीक ठाउँमा रहेको सुनिश्चित गरेपछि राती आफ्नो स्टेशन छोडेका थिए तर, भोलिपल्ट शुक्रबार बिहान  गोदाममा पुग्दा स्टिल दराजकाे ताला फुटेको भेट्टाएका थिए । यो गोदाम प्रायः तस्करी र अवैध सुनको बरामद आपूर्तिहरू भण्डारण गर्न प्रयोग हुने भएकाले सीसीटीभीको निगरानीमा राखिएको छ। भन्सार अधिकारीहरूले आफैं सीसीटीभी क्यामेरा र समग्र सुरक्षा प्रोटोकलहरूको निगरानी गर्छन् ।

काठमाडा‌ै‌ं त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार गाेदामबाट शंकास्पद विद्युतीय चुराेट(भेप) भित्र लुकाइएकाे सुन सहित भेप चाेरी भएकाे घटना अझै पनि सेलाएकाे छैन । भन्सार कर्मचारीसँगकाे मिलेमताेमा अति सुरक्षित भन्सार गाेदामबाट सुनसहितकाे भेप चाेरी गरेर सुन नभएकाे भेप गाेदाममा भण्डार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS