IME Life New

बंगलादेशको बीमा क्षेत्रमा रमिता, ८१ वटा बीमा कम्पनीको भीडमा अर्को एउटा पनि थपियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अधिक बीमकको उपस्थितिले खराब प्रतिस्पर्धाबाट गुज्रिरहेको दक्षिण एशियाली मुलुक ब‌ंगलादेशको बीमा उद्योगमा अझै एउटा बीमा कम्पनी थपिएको छ । बीमा विकास तथा नियामक प्राधिकरणले पिस लाइफ इन्स्योरेन्स नामक जीवन बीमा कम्पनीलाई इजाजत दिएको हो ।

कम्पनीका प्रस्तावित निर्देशक रेभेन हसन एक एकच्युरी हुन् । शान्त लाइफ इन्स्योरेन्स लिमिटेडमा १४ व्यक्ति तथा संस्था सञ्चालक छन् । प्रस्तावित कम्पनीमा शान्ता होल्डिङ्स, शान्ता लाइफ स्टाइल, शान्ता मल्टिभर्स, शान्ता सेक्युरिटीज, शान्ता प्रोपर्टी म्यानेजमेन्ट, फर एसेट म्यानेजमेन्ट र न्याशा होल्डिङ्स लिमिटेडको समेत शेयर स्वामित्व रहेको छ ।

Esewa
Crest

कुल गार्हस्थ उत्पादनको तुलनामा ब‌ंगलादेशमा बीमा उद्योगको योगदान १ प्रतिशतभन्दा पनि तल रहेको छ। बीमा कम्पनीको स‌ंख्या प्रत्येक वर्ष थपिंदै गएपनि बीमाको दायरामा समेटिने जनस‌ंख्या खासै बढ्न सकेको छैन । जीवन बीमा कम्पनीहरुको बीमालेख व्यतित दर समेत ६० प्रतिशतभन्दा माथि रहेको छ।

ब‌ंगलादेशमा यसअघि नै ८१ वटा बीमा कम्पनी सञ्चालनमा रहेका छन् । यीमध्ये जीवन बीमा कम्पनीको संख्या ३५ र निर्जीवन बीमा कम्पनीको संख्या ४६ रहेको छ । जीवन र निर्जीवन दुबैमा एक–एक वटा सरकारी स्वामित्वको बीमा कम्पनी रहेको छ। गत मे ६, २०२१ मा, सरकारले एनआरबी इस्लामिक लाइफ इन्स्योरेन्स लिमिटेड र अकीज तकाफुल लाइफ इन्स्योरेन्स पीएलसी (पहिले बिचल्याण्ड इस्लामी लाइफ इन्स्योरेन्स लिमिटेड) नामक दुई जीवन बीमा कम्पनीलाई इजाजत पत्र प्रदान गरेको थियो।

बीमा प्राधिकरणले नियमन गर्न नसक्दा ब‌ंगलादेशका अधिकांश बीमा कम्पनीले समयमै दाबी भुक्तानी गर्न सकेका छैनन् । जीवन बीमा कम्पनीको बीमा कोषको रकम समेत जथाभावी लगानी भएकाले बीमा कोष घाटामा रहेको छ। जीवन बीमा कम्पनीहरुले बीमितलाई दाबी भुक्तानी दिनुको साटो चलान पूर्जा दि‌ंदै नेपालमा सहकारी संस्थाहरूले अहिले किस्ता किस्तामा निक्षेप रकम भुक्तानी गरेजस्तै गरेर रकम भुक्तानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS