IME Life New

बंगलादेशको फारइस्ट जीवन बीमा कम्पनीमा करोडौको घोटाला, पूर्व अध्यक्ष सहित ३ जना जेलमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ढाका : बंगलादेशी जीवन बीमा कम्पनी फारइस्ट इस्लामी लाइफ इन्स्योरेन्सका १४ वर्तमान तथा पूर्व पदाधिकारीविरुद्ध ८ करोड १६ लाख टाका(१० करोड ४० लाख रुपैयाँ)भन्दा बढी हिनामिना गरेको अभियोगमा अदालतमा मुद्दा विचाराधीन रहेको छ।

कम्पनीका कानुनी अधिकृतले दायर गरेको मुद्दामा विपक्षी बनाइएका तीन पूर्व उच्च अधिकारीहरु अध्यक्ष नजरुल इस्लाम, पूर्व निर्देशकहरू एमए खालेक र खालेकका छोरा रुबायत खालेदलाई सेप्टेम्बर १३ मा शाहबाग प्रहरी चौकीमा दायर मुद्दामा पक्राउ गरेर पुर्पक्षका लागि थुनामा राखिएका छन्।

Esewa
Crest

मुद्दाका वादी जसिम उद्दिनले द बिजनेश स्ट्यान्डर्डलाई बताए अनुसार १४ जना अभियुक्तले विभिन्न समयमा किर्ते र ठगी गरी फारइस्ट इस्लामी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट ८ करोड १६ लाख टाकाभन्दा बढी रकम हिनामिना गरेको तथ्य प्रकाशमा आएपछि मुद्दा दायर गरिएको हो ।

उनीहरुले आपसमा मिलेर किर्ते कागजातको आधारमा १ जुलाई २०११ देखि २०२१ सेप्टेम्बर २०२१ सम्मको १० वर्षमा उक्त रकम हिनामिना गरेको आरोप छ ।

अन्य अभियुक्तहरूको सूचीमा पूर्व निर्देशकहरू शहरयार खालिद, तनवीरुल हक, नूर मोहम्मद डिकोन र एकरामुल अमीन, पूर्व प्रबन्ध निर्देशक अली हुसेन र आलमगीर कबीर, पूर्व उपप्रबन्ध निर्देशक, हेमायेत उल्लाह, पूर्व प्रमुख कार्यकारी अधिकृत कमरूल हसन खान, अतिरिक्त प्रबन्ध निर्देशक शेख अब्दुर रहेका छन्। त्यसैगरी पूर्व वरिष्ठ कार्यकारी उपाध्यक्ष कमल हुसेन हाउलादार, सह कार्यकारी उपाध्यक्ष र प्रथम सहायक उपाध्यक्ष मोहम्मद मकबुल इलाही।

मुद्दाको बयान अनुसार पहिलो र दोस्रो प्रतिवादी एमए खलेक र नजरुल इस्लामले बीमा कम्पनीको सञ्चालकमा रहँदा विभिन्न समयमा सम्पत्ति र पैसा हिनामिना गरेका थिए।

जसिम उद्दीनले दुई प्रतिष्ठित लेखापरिक्षण फर्म हुडा भासी चौधरी एण्ड कम्पनी र होलादार युनुस एण्ड कम्पनीको आन्तरिक लेखापरीक्षणमा आरोपितहरु विरुद्ध हिनामिना र आर्थिक ठगीको प्रमाण बाहिर आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS