IME Life New

बंगलादेशः बालबालिकाकाे शिक्षा सुनिश्चित गर्न वार्षिक रु. ८५ मै शिक्षा बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण एसियाली मुलुक बंगलादेशमा स्कुले विद्यार्थीको शिक्षाको अवसर सुनिश्चित गर्नका लागि लागू गरिएको बगबन्धु शिक्षा बीमा योजना सबै विद्यालयमा विस्तार गर्ने तयारी गरिएको छ।

सन् २०२१ मा पहिलोपटक प्रचलनमा ल्याइएको यो योजनाअन्तर्गत प्रतिविद्यार्थी वार्षिक जम्मा ८५ टाका (१०२ नेपाली रुपैयाँ) वार्षिक बीमाशुल्कमै बीमा गर्न सकिन्छ। ३ वर्षदेखि १७ वर्ष उमेर समूहका कुनै पनि विद्यार्थीको अभिभावकले यो बीमालेख खरिद गर्न सक्छन् । यो बीमालेख खरिद गरेका अभिभावकको शारीरिक अपांगता वा मृत्यु भएको अवस्थामा १७ वर्षको उमेर पूरा नहुँदासम्म विद्यार्थीलाई मासिक ५ सय टाकाका दरले छात्रवृत्ती उपलब्ध गराइनेछ।

Esewa
Crest

बंगलादेश बीमा समाचारका अनुसार बगबन्धु शिक्षा बीमाअन्तर्गत अभिभावकले अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर थप बीमा लाभ वा मासिक छात्रवृत्तिसमेत रोज्न सक्ने विकल्प उपलब्ध गराइएको छ।

बंगलादेशी बीमा नियामक निकायले सोमबार जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र जारी गर्दै सरकारी घोषणा कार्यान्वयनका लागि पहल गर्न अनुरोध गरेको छ। सन् २०२१ देखि प्रचलनमा ल्याइएको यो बीमा योजना सुरुको दुई वर्षसम्म सरकारी स्वामित्वको जीवन बीमकमार्फत मात्र बिक्री गरिएकोमा सन् २०२३ देखि सबै जीवन बीमा कम्पनीका लागि खुला गरिएको छ।

सुरुआतमा बंगलादेशी सैनिकद्वारा सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई यो बीमाअन्तर्गत समावेश गरिएको थियो । यो बीमालेख बिक्री गर्न निजी क्षेत्रलाई खुला गरिएपछि गत वर्षमात्र ७८ हजार नयाँ बीमालेख जारी गरिएको बंगलादेश बीमा समाचारले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS