IME Life New

बंगलादेशः निर्जीवन बीमा कम्पनीमा कमिशनको विकृती, नक्कली कर्मचारी खडा गरेर तलब वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशका निर्जीवन बीमा कम्पनीहरूबीच अस्वस्थ्य प्रतिस्पर्धासँगै कमिशन वितरणको विकृती ह्वात्तै बढेको छ। साबिक प्राइम लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार बीमालेख बिक्रीवापतको कमिशन रकम वितरण गर्न नक्कली कर्मचारी खडा गरेर तलब भत्ता शिर्षकमा खर्च देखाए झैं बंगलादेशका निर्जीवन बीमा कम्पनीले पनि अवैध कमिशनवापतको रकम धमाधम तलब भत्ता शिर्षकबाट खर्चिएका हुन् ।

बंगलादेशी बीमा नियामकका अनुसार सन् २०२२ मा बंगलादेशका निर्जीवन बीमा कम्पनीले तोकिएको सीमाभन्दा बाहिर गएर व्यवस्थापन खर्चमा थप ४१.३० प्रतिशत रकम खर्चिएका छन् । यो खर्चमध्ये सर्वाधिक रकम व्यापार विकास अधिकृतको तलब भत्ता शिर्षकमा बाँडिएको छ । यो रकम कुल अतिरिक्त खर्चको ८० प्रतिशत हो । 

Esewa
Crest

बीमा विकास तथा नियमन प्राधिकरणले निर्जीवन बीमा कम्पनीको ‘व्यवस्थापन खर्च’ तोकिएको सीमाभित्र राखेर गर्नुपर्ने विषय र कारबाहीका विषयमा बीमा कम्पनीको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाइ जानकारी दिएको छ।

बीमा विकास तथा नियमन प्राधिकरणले निरिक्षण र अनुसन्धानबाट प्राप्त जानकारीका आधारमा समीक्षा गर्दा कम्पनीको आकारको तुलनामा बढी जनशक्ति नियुक्तिका कारण लागत बढी भएको देखिन्छ । तलबी सूचीमा नाम समावेश भएका तर कम्पनीमा जागिरै नगरेका जनशक्तिको सूचीमा सञ्चालक र कर्मचारी समेतको परिवारका सदस्य र आफन्त कार्यरत छन् । 

नियामकले गरेको छलफलमा निर्जीवन बीमा कम्पनीका प्रतिनिधिले अस्वस्थ्य प्रतिस्पर्धाले खर्च बढाएको गुनासो गरेका थिए । उनीहरूले बीमितलाई अनियमित रूपमा कमिशन वा बीमाशुल्क छुट सुविधा दिनुपर्दा त्यस्तो खर्चवापतको रकम तलब भत्ता वितरण शिर्षकमा देखाउनु परेको बताएका थिए ।

इन्स्योरेन्स न्युज बंगलादेशका अनुसार बंगलादेश इन्स्योरेन्स एसोसिएसनका अध्यक्ष शेख कबीर हुसेनले कम्पनीले खर्च वितरणमा पूर्ण स्वचालित प्रणाली समावेश गरेमा यो समस्या धेरै हदसम्म समाधान हुने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS