IME Life New

बंगलादेशः अध्यक्षको हुकुम प्रमाङ्गीबाट नियुक्त गरिएका ४५६ बैंक कर्मचारी बर्खास्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशको दुई ठूला वाणिज्य बैंकबाट एक साथ कुल ४५६ कर्मचारी बर्खास्त गरिएका छन्। बैंकका प्रवर्द्धक मोहम्मद सैफुल आलम उर्फ एस आलमको हुकुम प्रमाङ्गीमा नियुक्त गरिएका उनीहरुलाई बैंक व्यवस्थापनले बर्खास्त गरिदिएको हो।

द डेली स्टारका अनुसार युनियन बैंकले २६२ जना र फर्स्ट सेक्युरिटी इस्लामी बैंकले १९४ जना कर्मचारी बर्खास्त गरेका छन्। यी दुवै बैंकमा एस आलम ग्रुपको बहुमत शेयर स्वामित्व छ।

Esewa
Crest

युनियन बैंकका अनुसार उचित प्रक्रिया पूरा नगरी आलमको आदेशमा ती कर्मचारी नियुक्त गरिएका थिए। यसैगरी फर्स्ट सेक्युरिटी इश्लामी बैंकका अनुसार बर्खास्त गरिएका कर्मचारीले एस आलम ग्रुपलाई गैरकानुनी रुपमा कर्जा प्रवाह गरेका थिए। बर्खास्त गरिएकामा चट्टोग्रामका २४ वटा शाखाका अञ्चल प्रमुख र प्रबन्धकसहित १९४ जना कर्मचारी छन्।

आफू प्रवर्द्धक रहेको बैंकबाट अर्बभन्दा बढी रकम ऋण दुरुपयोग गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि आलम बंगलादेशबाट फरार छन्। उनी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको संरक्षण प्राप्त व्यापारी हुन्।

आलम चट्टोग्रामस्थित समूह एस आलम ग्रुपका संस्थापक हुन्, जससँग युनियन बैंक र फर्स्ट सेक्युरिटी इस्लामी बैंक दुवैको ठूलो संख्यामा शेयर छ। दुवै संस्था लामो समयदेखि समूहको नियन्त्रणमा थिए। यो समूहले बैंकिङ नियम उल्लंघन गरी दुई बैंकबाट ठूलो मात्रामा ऋण लिएको आरोप लगाइएको थियो। जसका कारण दुवै अहिले तरलता संकटबाट गुज्रिरहेको द डेली स्टारले उल्लेख गरेको छ।

गत भदौमा विद्यार्थी विद्रोहमा अवामी लिगको सरकार ढलेपछि बंगलादेश बैंकले समूहको नियन्त्रणबाट मुक्त गर्दै दुवैको सञ्चालक समितिमा सुधार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS