IME Life New

फेसबुक–इन्स्टा डाउन हुँदा मार्क जुकरबर्गको करिब ३ अर्ब डलर स्वाहा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम मंगलबार केही समय डाउन (अवरुद्ध) भएका थिए। जसका कारण मेटाका सीईओ मार्क जुकरबर्गको सम्पत्तिमा ठूलो गिरावट आएको छ। केही घन्टामै उनले करिब ३ अर्ब डलर गुमाएका हुन्।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार जुकरबर्गको कुल सम्पत्ति १ दिनमा २.७९ अर्ब डलरले घटेर १७६ अर्ब डलरमा झरेको छ। तर, उनले विश्वको चौथो धनीव्यक्तिका रुपमा आफ्नो स्थान कायम राखेका छन्। फेसबुक र इन्स्टाग्राम डाउन भएका कारण मेटाको शेयरभाउ पनि १.६ प्रतिशतले घटेको छ। मेटा शेयरहरु वाल स्ट्रिटमा प्रतिशेयर ४९०.२२ डलरमा बन्द भएको छ।

Esewa
Crest

फेसबुक, इन्स्टाग्राम र थ्रेडका प्रयोगकर्ताले मंगलबार राति सामाजिक सञ्जाल प्लेटफर्महरु पहुँच गर्न कठिनाइको सामना गर्नु परेको छ। प्रयोगकर्ताले आफ्नो हेडसेटहरु लगइन गर्नमा पनि समस्याहरुको सामना गरे। धेरै प्रयोगकर्ताले युट्युब र एक्स (ट्विटर) प्लेटफर्ममार्फत यो जानकारी शेअर गरेका थिए।

हजारौँ मानिसहरुले डाउन डिटेक्टरमा वेबसाइटहरु डाउन भएको गुनासो गरेका थिए। मेटाका प्रवक्ता एन्डी स्टोनले मंगलबार समस्या समाधान भएको बताए। उनले सेवा अवरुद्ध भएकोमा माफी पनि मागेका छन्। उनले प्राविधिक समस्याका कारण फेसबुक र इन्स्टा डाउन भएको र अहिले सुधार गरिएको बताए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

20%
sad

दु :खी

60%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS