IME Life New

फेरि ३% भन्दा तल झर्यो अन्तरबैंक, निक्षेप र कर्जाको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुको अन्तरबैंक ब्याजदर फेरि ३ प्रतिशत तल झरेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन २४ गते बैंकहरुको अन्तरबैंक ब्याजदर घटेर २.९९ प्रतिशतमा झरेको छ। अघिल्लो दिन साउन २३ गते अन्तरबैंक ब्याजदर ३ प्रतिशत थियो।

Esewa
Crest

बैंकहरुमा तरलता थुप्रिनु र कर्जाको माग बढ्न नसक्दा अन्तरबैंक ब्याजदर घटेको हो। यो नीतिगत ३ प्रतिशतभन्दा तल झर्दा राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरेर बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गर्ने गर्दछ।

साउन २४ मा बैंक तथा वित्तीय संस्थाको निक्षेप ५ अर्ब रुपैयाँले घटेर ६४ खर्ब ३२ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिन बैंकहरुको कुल निक्षेप ६४ खर्ब ३७ अर्ब रुपैयाँ थियो।

वाणिज्य बैंकहरुको निक्षेप पनि साउन २४ मा घटेर ५७ खर्ब ३ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५७ खर्ब ९ अर्ब रुपैयाँ थियो।

बैंकहरुको कर्जा लगानी भने ३ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो दिनसम्म बैंकहरुको कुल कर्जा लगानी ५१ खर्ब ५३ अर्ब रुपैयाँ रहेकोमा साउन २४ मा बढेर ५१ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ।

साउन २४ मा बैंकहरुको औसत सीडी रेसियो बढेर ७८.७५ प्रतिशत पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS