IME Life New

फेब्रुअरीबाट गाडीहरुको मूल्य बढाउँदै टाटा मोटर्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टाटा मोटर्सका गाडीहरुको भाउ आउँदो फेब्रुअरी १ बाट बढ्ने भएको छ।

टाटा मोटर्सले महँगी र उपभोग्य वस्तुको मूल्यमा भएको वृद्धिको दबाबका कारण गाडीहरुको मूल्य बढाउने निर्णय गरेको जनाएको छ। तर, कम्पनीले लागत घटाउनका लागि हरसम्भव पहल गरिरहेको जनाएको छ।

Esewa
Crest

यसअघि मारुती सुजुकी इन्डिया लिमिटेडले पनि आफ्ना सबै कार मोडलको मूल्य बढाएको थियो। बढ्दो लागतका कारण कम्पनीले यस्तो कदम चालेको हो। कम्पनीले गत वर्ष नोभेम्बर २७ मा कारको मूल्य बढाएको जानकारी दिएको थियो। कार निर्माताले पछिल्लोपटक २०२३ अप्रिल १ देखि लागू हुने गरी सबै मोडल रेन्जहरुमा आफ्ना कारको मूल्य ०.८ प्रतिशत बढाएको थियो।

मारुतीले सबै मोडलमा करिब ०.४५ प्रतिशतले वृद्धि भएको जनाएको छ। कम्पनीका अनुसार यी मूल्यहरु जनवरी १६ गतेदेखि लागू भएको छ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS