IME Life New

फेडले फेरि घटायो ब्याजदर, कस्तो पर्ला असर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको सेन्ट्रल बैंक फेडरल रिजर्भ (फेड)ले यो वर्ष तेस्रोपटक ब्याजदर घटाएको छ। फेडले बुधबार ब्याजदरमा २५ आधार विन्दु अर्थात ०.२५ प्रतिशतले कटौती गरेको हो।

यो कटौतीसँग अब ब्याजदर ४.२५ प्रतिशतदेखि ४.५० प्रतिशतको बीमा रहनेछ। यसअघि गत सेप्टेम्बर र नोभेम्बरमा फेडले ब्याजदरमा क्रमशः ०.२५ प्रतिशत र ०.५० प्रतिशतले कटौती गरेको थियो।

Esewa
Crest

गत सेप्टेम्बरमा गरिएको ब्याजदर कटौती ४ वर्षपछि गरिएको थियो। फेड २०२० सिटेम्बरपछि यो वर्ष सेप्टेम्बरमा ब्याजदर घटाएको थियो।

महँगीलाई नियन्त्रणमा लिन फेडले सन् २०२२ को जुलाईदेखि सन् २०२३ बीच ११ पटक ब्याजदर बढाएको थियो।

ब्याजदर भारी कटौतीले अमेरिकाको अर्थतन्त्रमा असर पर्न सक्ने विज्ञहरु बताउँछन्। यसले लगानीकर्ताको मनोबल गिराउने उनीहरुको ठम्याइ छ। ब्याजदरमा कटौतीले श्रम बजारको रफ्तार पनि सुस्त हुने जानकारहरु बताउँछन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS