IME Life New

फर्स्ट माइक्रोफाइनान्सको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ५ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा २० दशमलव ५२ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी घटेसँगै लघुवित्तको खुद नाफा पनि घटेको हो । असार सान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २० करोड ४७ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १७ रुपैयाँ ८४ पैसा रहेको छ। कम्पनीको जगेडा कोष ११ दशमलव ५१ प्रतिशत बढेको छ।

Esewa
Crest

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३३ दशमलव २७ प्रतिशत घटेर ८ करोड १ लाख रुपैयाँमा झरेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन मुनाफा २६ दशमलव ६० प्रतिशत घटको छ भने सञ्चालन मुनाफा ९ करोड ११ लाख रुपैयाँबाट घटेर ७ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ।

लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १५ पैसा घटेर १४२ रुपैयाँ ३७ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ३७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.६३ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS