IME Life New

फर्जी दाबीसँग लड्न एसिया प्रशान्त क्षेत्रका बीमक अब्बल, अन्य क्षेत्रको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्य क्षेत्रको तुलनामा एसिया प्रशान्त क्षेत्रका बीमा कम्पनीहरु फर्जी दाबीका मुद्दा घटाउन केही हदसम्म अगाडि देखिएका छन्।

विश्वका ७८ प्रतिशत बीमक फर्जी दाबीसँग लड्न विशेष टोली नै बनाएका छन्। जसमा एसिया प्रशान्त क्षेत्रका बीमकहरु धेरै अगाडि देखिएका छन्। उनीहरुले फर्जी दाबीसँग जुध्न उन्नत प्रणाली र मेसिनको प्रयोग गरिरहेका छन्।

Esewa
Crest

यतिबेला विश्व बीमा क्षेत्रमा फर्जी दाबी मुख्य मुद्दा बनेको छ। विश्वका ७४ प्रतिशत बीमक फर्जी दाबीका घटना प्रायः स्थिर वा अझै बढिरहेको प्रतिक्रिया दिएका छन्। यो आरजीएएस २०२४ ग्लोबल क्लेम्ज फ्रड सर्भेको नतिजाले दर्शाएको हो।

फर्जी दाबी न्यूनीकरण गर्न एसिया प्रशान्त क्षेत्रका १० मध्ये ४ बीमकले एड्भान्स टुलहरु प्रयोग गरिरहेका छन्। यो भनेको ४० प्रतिशत हो। अमेरिकामा फर्जी दाबी घटाउन केवल १८ प्रतिशत र युरोपमा १२ प्रतिशत बीमकले मात्रै एड्भान्स टुलहरु प्रयोग गरिरहेका छन्।

विशेषगरी एआईको प्रयोग गरेर फर्जी दाबी पेस घटना बढ्दै गइरहेका छन्। अर्कोतर्फ बीमकले पनि फर्जी दाबीका घटनासँग लड्न एआईकै प्रयोग गर्न थालेका छन्।

फर्जी दाबी न्यूनीकरण गर्ने कार्यलाई एसिया प्रशान्त क्षेत्रका बीमकले निकै प्राथमिकतामा राखेका छन्। यसका लागि विज्ञ टोली र प्रविधिको व्यापक प्रयोग गर्न थालिएको छ।

विश्वका ६८ प्रतिशत बीमा कम्पनी प्रतिनिधिले आउँदो ५ वर्षसम्मम फर्जी दाबीका घटना बढ्ने अनुमान गरेका छन्। यसको मुख्य कारण आर्थिक स्थिति, डिजिटिलाइजेसन र संगठित अपराध नै रहेको उनीहरुको भनाइ छ।

यो सर्भे अनलाइनबाट गत मार्च र अप्रिलमा गरिएको थियो। जसमा बीमा कम्पनीहरुका दाबीसँग सम्बन्धित विज्ञहरुले सन् २०२३ का घटनालाई केलाउँदै आफ्नो प्रतिक्रिया राखेका थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS