IME Life New

फर्जी जीएसटी रजिस्ट्रेसनविरुद्ध कठोर बन्यो भारत, आठ महिनामा २९ हजार नक्कली कम्पनीको पर्दाफास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको वित्त मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार गत वर्ष डिसेम्बर २०२३ सम्म जीएसटी अधिकारीहरुले देशभित्र २९ हजारभन्दा बढी नक्कली कम्पनीहरु पर्दाफास गरेका छन्। ती कम्पनी भारु ४४ हजार १५ करोडको फर्जी इनपुट ट्याक्स क्रेडिट क्लेम (आईटीसी) संलग्न थिए। ती कम्पनीहरु महाराष्ट्र, दिल्ली, राजस्थान र हरियाणालगायत अन्य राज्यमा थिए।

भारत सरकारले नक्कली जीएसटी दर्ताविरुद्ध सुरु गरेको अभियानको प्रभाव देखिन थालेको छ। वर्ष २०२३ को ८ महिनामा यस सम्बन्धमा भएको कारबाहीको तथ्यांक वित्त मन्त्रालयले हालै प्रस्तुत गरेको थियो। जसअनुसार फर्जी इनपुट ट्याक्स क्रेडिट क्लेममा संलग्न २९ हजार २७३ कम्पनी फेला परेका छन्।

Esewa
Crest

यो तथ्यांक गत डिसेम्बर महिनासम्मको हो। वर्ष २०२३ को अन्तिम त्रैमासमा मात्रै २ हजारभन्दा बढी फर्जी कम्पनीको पर्दाफास भएको थियो।

वित्त मन्त्रालयका अनुसार अक्टोबर–डिसेम्बर त्रैमासमा ४ हजार १५३ नक्कली कम्पनीहरु पत्ता लगाइएको थियो। फर्जी जीएसटी रजिस्ट्रेसनविरुद्ध चलिरहेको यो अभियानका कारण भारत सरकारले भारु ४६४६ करोडको राजस्व बचत गर्न सफल भएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS