IME Life New

फरार माल्याले विदेशबाटै शेयरबजारमा चलखेल गरेपछि भारतमा लाग्यो प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजार नियामक सेबीले फरार व्यापारी विजय माल्यामाथि प्रतिबन्ध लगाएको छ । हाल बेलायतमा निर्वासित अर्बपति विजय माल्यालाई गैरकानूनी रूपमा भारतीय कम्पनीहरूको शेयरमा लगानी गरेर कारोबार मूल्यलाई प्रभावित गरेको आरोपमा तीन वर्षका लागि प्रतिबन्ध लगाइएको हो ।

अनुसन्धानका क्रममा माल्याले आफ्नो शेयर लगानी रहेका भारतीय कम्पनीहरूको शेयर कारोबारमा अप्रत्यक्ष लगानी गरेर शेयरको मूल्य प्रभावित बनाएको खुलेको हो ।

Esewa
Crest

सेबिले शेयर र म्युचुअल फण्डमा रहेको माल्याको भारतमा रहेको स्वामित्वको सबै रकम पनि रोक्का गरेको छ।

सेबीको अनुसन्धानमा माल्याले विदेशी संस्थागत लगानीको व्यापार मार्गको नाममा आफ्नो पहिचान लुकाएर स्वदेशी बजारमा विभिन्न विदेशी संस्थाहरूको नाममा बैंक खातामार्फत् लगानी गरेका हुन् ।

टाइम्स अफ इण्डियाका अनुसार सेबी अनुसन्धानले जनवरी २००६ देखि डिसेम्बर २००८ को बीचमा, माल्याले यी धोखाधडी लेनदेनहरू मार्फत करिब ५७ लाख अमेरिकी डलर अवैधरूपमा आर्जन गरेको पत्ता लगायो। सेबीको अनुसन्धानले सन् २००६ को जनवरीको बीचमा यस्तो देखाएको हो । र डिसेम्बर २००८ मा माल्याले नजिकको लाभ कमाए ।

भारतमा किङ फिसर एयलाइन्स र युनाइडेट ब्रुअरी सञ्चालन गरेका माल्याले अर्बौं रूपैयाँ भारतीय बैंकबाट ऋण लिएर पूँजी पलायन बनाएको आरोप खेपि रहेका छन् । उनीसँग ऋणवापतको रकम असुली गर्नका लागि सुपुर्दगी गर्न भारत सरकारले बेलायत सरकारसँग इन्टरपोलमार्फत् अनुरोध गरेपनि अझैसम्म सुपुर्दगी हुन सकेको छैन । माल्या २०१६ देखि नै भारतबाट बेलायत पलायन भएका हुन् । उनीविरूद्ध ९० अर्ब रूपैयाँ बैंक ऋण दुरूपयोग गरेको आरोप छ ।

माल्याकै युनाइटेड ब्रुअरीको लगानीमा नेपालमा हेटाैंडामा अवस्थित नेपाल ब्रुअरी सन् १९९७ मा युनाइटेड ब्रुअरी प्रालि लिमिटेडमार्फत खरिद गरेर किङ फिसर लगायत ब्राण्डमा बियर उत्पादन हुँदै आएको थियो। सन् २००८ मा गैर आवासीय नेपाली भवन भट्टले टिबिआइ समूहमार्फत नेपाल ब्रुअरीमा रहेको युनाइटेड ब्रुअरीको शत प्रतिशत शेयर खरिद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS