IME Life New

प्रेम दिवसमा सौरभले जीवन साथीलाई दिए १० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रेम गर्ने जोडीले एकअर्कालाई उपहार दिनु नयाँ चलन होइन। तर, समयसँगै उपहार दिने वस्तुमा भने नयाँपन आएको छ। यसैक्रममा बुटवल उपनगरपालिका वडा नं. ११ कालिकानगर बस्ने सौरभ खनालले प्रणय दिवस अर्थात प्रेम दिवसको अवसरमा आफ्नी जीवन साथी रचना घिमिरेलाई १० लाखको जीवन बीमाको पोलिसी उपहार स्वरुप दिएका छ्न् ।

प्रेम दिवसमा उपहार आदान–प्रदानले सम्बन्ध अझ बढी सुमधुर बनाउने हुनाले आजको दिन सिटिजन लाइफ इन्स्योरेन्सको शुभारम्भ बीमा योजना उपहार स्वरुप दिएको खनालले बताए ।

Esewa
Crest

१४ फेब्रुअरीलाई विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका रूपमा मनाइन्छ। यो दिवसमा प्रेम गर्ने जोडीले एकअर्कालाई विभिन्न उपहार दिने गर्छन्। कतिपयले पहिलो प्रेम–प्रस्ताव पनि यही अवसरमा गर्छन्। प्रेम प्रस्ताव गर्दा पनि उपहार नै दिने गरिन्छ। भ्यालेन्टाइन डेमा एक अर्काको सम्बधलाई प्रगाढ बनाउन हरेक मायालु जोडीहरू एकअर्कासँग उपहार साटासाट गर्नेको चहलपहल बढी नै हुन्छ ।

जहाँ हुने प्रेम, सद्भाव सटासाटले सम्बन्धमा फरक महत्व राख्छ, जीवन डोर्होयाउँछ । प्रेमले मान्छेलाई बाँच्नका लागि नयाँ ऊर्जा दिन्छ । त्यसैले, विवाहित जोडी खुलेयाम यस दिन एकअर्कामा प्रेम व्यक्त गरी मनाउँछन् । अविवाहितले पनि प्रणय दिवस प्रेसहितको मायाको चिनो आदानप्रदान गरेर मनाउने गरेका छन् ।

भनिन्छ नि”Love is protecting the ones; you love more than yourself”यहि कुरालाई बुजेर भोलिको सुनौलो भबिस्यको लागि खनालले दुई गुणा सुरक्षा सहितको नबिनतम सुबिधाहरु भएको ,बीमा समाप्तिमा बीमाङ्क र बोनस रकम प्राप्त हुने सिटिजन शुभारम्भ जीवन बीमा उपहार स्वरुप खरिद गरेको पाल्पा शाखाका शाखा प्रबन्धक विजय कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS