IME Life New

प्रिमियम रकम घोटाला गर्ने हङकङका एक बीमा अभिकर्तामाथि ६ वर्षको प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रिमियम भुक्तानीको दुरुपयोग गरेको भन्दै हङकङको बीमा नियामकले एक पूर्वअभिकर्तालाई दुई बीमितको ६ वर्षको प्रतिबन्ध लगाएको छ।

बीमा नियामकले एक विज्ञप्ति जारी गर्दै ती पूर्वअभिकर्ताको कार्यलाई सबैभन्दा खराब प्रकारको ‘विश्वासघात’ भनेको छ। विज्ञप्तिअनुसार सन् २०१४ मा ती अभिकर्ताले बाल्यकालका साथी र ती साथीकी पत्नीलाई गम्भीर रोगको बीमा पोलिसी बेचेका थिए। विज्ञप्तिमा भनिएको छ, ‘ती अभिकर्ताले उनीहरुलाई मासिकबाट वार्षिक प्रिमियम भुक्तानीमा स्विच गर्दा छुटको हकदार हुनेछ भनी गलत जानकारी दिएका थिए।’

Esewa
Crest

यो गलत जानकारीका कारण ग्राहकले आफ्नो स्वतः भुक्तानी व्यवस्था रद्द गरेको र उनीहरुको वार्षिक प्रिमियम ती अभिकर्ताको व्यक्तिगत बैंक खातामा स्थानान्तरण भएको विज्ञप्तिमा जनाइएको छ। ‘आफूलाई नियुक्ति गर्ने बीमकलाई रकम पठाउनुको सट्टा ती अभिकर्ताले व्यक्तिगत उद्देश्यका लागि पैसा प्रयोग गरेको पाइयो’, विज्ञप्तिमा भनिएको छ, ‘यही कारणले बीमकलाई भुक्तानी नगरेका कारण जनवरी २०१८ मा दुवै बीमित पोलिसी रद्द भयो।’

ती बीमितले आफ्ना पोलिसीहरु सक्रिय भएको जनाउँदै बीमक कम्पनी दाबी पेस गरेपछि यो घटना उजागर भएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS