IME Life New

प्राधिकरणको निर्देशन पछि बीमा कम्पनीको सञ्चालकबाट बैंक वित्तीय संस्थाका प्रतिनिधिले छाड्न थाले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ को व्यवस्था अनुसार बैंक वित्तीय संस्थाका सञ्चालक तथा कर्मचारीहरु बीमा कम्पनीको सञ्चालक बन्न नपाउने भन्दै १५ दिन भित्र पदबाट हट्न दिएको निर्देशन बल्ल कार्यान्वयन गर्न थालेका छन् ।

बीमा ऐनको दफा ५० को ‘ङ’ र ‘ट’ अनुसार बैक वित्तीय संस्थाको सञ्चालक र कर्मचारी कुनै पनि बीमा कम्पनीमा सञ्चालन बस्न नपाउने व्यवस्था रहेको छ । बीमा कम्पनीमा बैंक वित्तीय संस्थाको ठुलो लगानी रहेकाले उनिहरुले आफ्ना सञ्चालक तथा कर्मचारीलाई सञ्चालकको रुपमा पठाउदै आएका थिए । तर ऐनमा यस्तो कार्यलाई बन्देज लगाइएको छ ।

Esewa
Crest

प्राधिकरणको निर्देशन पछि प्रभु इन्स्योरेन्स कम्पनीका सञ्चालक मनि राम पोखरेलले पदबाट राजिनामा दिएका छन् । पोखरेलले बीमा २०७९ को दफा ५० को ट तथा नेपाल बीमा प्राधिकरणको निर्देशन पछि राजिनामा दिएका हुन् ।

हाल दर्जन भन्दा बढि बीमा कम्पनीका सञ्चालक यहि व्यवस्था अनुसार अयोग्य ठहरिएका छन् । यो व्यवस्थालाई लिएर बीमक र प्राधिकरण विच फरक मत रहेको छ । दफा ५० को ‘ट’ मा तर पछिको व्यवस्थामा ‘तर नेपाल सरकार, प्रदेश सरकार वा नेपाल सरकारको स्वामित्व प्राप्त संस्था वा बीमकले शेयर खरिद गरेको फरक किसिमको बीमकमा सञ्चालक मनोनित गर्न यस व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।’ भनिएको छ ।

यहि व्यवस्थाका कारण नेपाल पुनर्बीमा कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स, आइएमई लाइफ लगायतका कम्पनीका सञ्चालक पद धरापमा छ ।

नेपाल पुनर्बीमा सहित ८ कम्पनीका १४ भन्दा बढि सञ्चालक अयोग्य, १५ दिन भित्रमा हट्नु पर्ने

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS