IME Life New

प्राधिकरणको कर्णाली प्रदेश कार्यालयद्धारा बीमकका प्रदेश प्रमुखसँग अन्तरक्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालय सुर्खेतले बीमकका कर्णाली प्रदेश कार्यालयका प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । आज साउन १० गते नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेशमा भएको बीमा क्षेत्रको अवस्था, भोग्नुपरेका समस्या, कर्णाली प्रदेशको बीमा क्षेत्रमा रहेका प्रमुख चुनौतिहरुको बारेमा छलफल भएको थियो ।

Esewa
Crest

प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले बीमा क्षेत्रको विकासमा प्राधिकरण द्रत गतिमा लागेको जानकारी गराए । साथै, उनले प्राधिकरणको प्रदेश कार्यालयहरुले बीमक, बीमित तथा प्राधिकरणको नीति निर्माणमा समेत महत्वपुर्ण समन्वय गरेको बताए ।

साथै, बीमा क्षेत्रको विश्वासनियता बृद्धिमा बीमा कम्पनीहरु आफैं सचेत हुनुपर्ने बताउँदै सबै बीमा कम्पनीहरुलाई संस्थागत सुशासन कायम गर्न आग्रह गरे । साथै, स्वस्थ प्रतिष्पर्धा गर्न, दाबी भुक्तानीमा सहजता ल्याउन तथा उधारो बीमा नगर्न बीमकका प्रदेश प्रमुहरुलाई निर्देशन दिँदै पौडेलले बीमा ऐन, बीमा नियमावली तथा प्राधिकरणले जारी गरेका निर्देशिका विपरित बीमा गरेमा प्राधिकरणको प्रदेश कार्यालयलाई समेत कारबाही गर्ने अधिकार रहेको हुँदा नियम कानूनको अक्षरश पालना गर्न समेत निर्देशन दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS