IME Life New

प्राधिकरणका महाशाखा प्रमुखहरुकाे जिम्मेवारीमा हेरफेर, कानुन तथा नियमनमा रेग्मी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा नियामक नेपाल बीमा प्राधिकरणले महाशाखा प्रमुखहरूकाे जिम्मेवारीमा हेरफेर गरेकाे छ। प्राधिकरण कार्यकारी अध्यक्ष सूर्य प्रसाद सिलवालले महाशाखा  प्रमुखहरुकाे जिम्मेवारीमा हेरफेर गरेका हुन् ।

प्राधिकरणले महाशाखा प्रमुखहरुकाे जिम्मेवारी हेरफेर नियमित प्रकृया भएकाे जनाएकाे छ। मानव संशाधन प्रमुख समेत रहेकी निर्देशक पूजन ढुंगेललाई बीमा, पुनर्बीमा र लघु बीमालेख महाशाखाको विशिष्टीकृत जिम्मेवारी दिएकाे छ। यसैगरी कानून तथा नियमन विभाग प्रमुख दिनेश कुमार लाल कर्णलाई मानव स‌ंशाधन विभाग प्रमुखकाे जिम्मेवारी दिइएकाे छ।

Esewa
Crest

व्यवस्थापन सूचना प्रणाली तथा इजाजत महाशाखा प्रमुख रहेका कमल प्रसाद रेग्मीले कानून तथा नियमन महाशाखा प्रमुखकाे जिम्मेवारी पाएका छन् । अर्का निर्देशक सुशिल देव सुवेदीकाे जिम्मेवारीमा पनि सामान्य हेरफेर भएकाे छ। उनले नेपाल इन्स्याेरेन्स इन्स्टिच्यूट प्रमुखकाे जिम्मेवारी समेत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%
happy

खुसी

9%
sad

दु :खी

9%
amazed

अचम्मित

6%
excited

उत्साहित

47%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS