IME Life New

प्राधिकरणकाे स्वीकृती पर्खिएका चार बीमा कम्पनीले कति प्रतिशत हकप्रद शेयर जारी गर्लान् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । न्यूनत्तम चुक्ता पूँजी कायम गर्नुपर्ने नियामकीय दबाबलाई थेग्दै मर्जरलाई पञ्छाएका बीमा कम्पनीले पूँजी वृद्धि सम्बन्धी याेजना पुनः प्राधिकरण समक्ष पेश गरेका छन् । नियामक नेपाल बीमा प्राधिकरणले हकप्रद शेयर जारी गर्न स्वीकृती दिने नदिने अन्याैलताका बीच चारवटा बीमा कम्पनीले पूँजी वृद्धिकाे याेजनामा हकप्रद शेयर निष्काशनकाे प्रस्ताव समावेश गरेर पुनः पेश गरेका हुन् ।

प्राधिकरण सम्बद्ध श्राेतका अनुसार नेपाल इन्स्योरेन्सले जग्गा  बिक्रीवापत प्राप्त हुने रकमका अतिरिक्त हकप्रद शेयर समेत जारी गरेर आवश्यक पर्ने चुक्ता पूँजी जुटाउने प्रतिबद्धता सहितकाे याेजना पेश गरेकाे छ । मुलुककाे सबैभन्दा पुरानाे निर्जीवन बीमकले आफ्नाे स्वामित्वमा रहेकाे जग्गा बिक्रीबाट करिब ३० कराेड रुपैयाँ जाेहाे गर्ने अनुमान छ। अन्य बीमकसँग गाभ्ने प्रारम्भिक समझदारी गरेपनि ७६ वर्ष पुरानाे इतिहास जीवितै राख्न नाम नफेर्ने र स्वाप रेशियाे पनि अधिक दाबी गर्ने अडानका कारण गाभ्ने गाभिने सम्झाैता भ‌ंग हुन पुगेकाे थियाे ।

Esewa
Crest

यसैगरी अर्काे निर्जीवन बीमक प्रभु इन्स्याेरेन्सले विदेशी साझेदारमार्फत् पूँजी भित्र्याउने याेजनाकाबीच विकल्पमा ६६ प्रतिशत हकप्रद शेयर जारी गर्न प्राधिकरणसँग स्वीकृत माग गरेकाे पत्र आम सञ्चारमाध्यमबाट यसअघि नै सार्वजनिक भइसकेकाे छ। हाल याे कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ छ। हकप्रद शेयरमार्फत् कूल ९९ करोड २८ लाख ७२ हजार २१० रुपैयाँ थप पूँजी जुटाएर कूल चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउने लक्ष्य राखेको छ।

अर्काे पुरानाे निर्जीवन बीमक नेकाे इन्स्याेरेन्सले चुक्ता पूँजीका लागी अपुग रकम २५ प्रतिशत हकप्रद शेयर जारी गरेर जुटाउने याेजना पेश गरेेकाे छ। प्राधिकरणले २०७८ चैत्रमा निर्जीवन बीमककाे लागी न्यूनत्तम चुक्ता पूँजी २ अर्ब ५० कराेड रुपैयाँ कायम गरेकाे थियाे। याे रकम अधिकांश बीमककाे चुक्ता पूँजीकाे झण्डै दाेब्बर थियाे ।

जीवन बीमक एशियन लाइफ इन्स्याेरेन्सले चुक्ता पूँजी वृद्धिका लागी ४२ प्रतिशत पूँजी हकप्रद शेयरका माध्यमबाट जुटाउने याेजना पेश गरेकाे छ। गत आर्थिक वर्षकाे साधारण सभाबाट बाेनश शेयर वितरणपछि अपुग हुने पूँजी हकप्रद शेयर जारी गरेर जुटाउने याेजना छ। एशियनकाे हालकाे चुक्ता पूँजी ३ अर्ब १५ कराेड ५३ लाख रुपैयाँ कायम छ।

प्राधिकरणले जीवन बीमककाे लागी न्यूनत्तम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ ताेकेकाे छ।

प्राधिकरणले मर्जरका लागी दबाब सिर्जना गर्न हकप्रद शेयर जारी गर्ने स्वीकृती नदिने अडान लिंदै आएकाेमा निर्जीवन बीमककाे स‌ंख्या २० बाट १४ र जीवन बीमककाे संख्या १९ बाट १४ मा सीमित भएपछि हकप्रद शेयर जारी गर्ने स्वीकृतीका दिने मनशाय देखाएकाे छ। भारतीय संयुक्त लगानीकाे एलआइसी नेपालले ८८.४५१६८  प्रतिशत र एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रद शेयर जारी गर्ने स्वीकृती पाइसकेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

61%
happy

खुसी

13%
sad

दु :खी

9%
amazed

अचम्मित

4%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS