IME Life New

प्राइम लाईफको नक्कली कर्मचारी काण्डले झस्कियो समिति, हरेक बीमकसँग मासिकरुपमा जनशक्ति विवरण माग्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  कागजी कर्मचारीको आडमा साढे तीन करोड रुपैयाँभन्दा बढी रकम तलब,भत्तामा दुरुपयोग भएको घटना प्रकाशमा आएपछि बीमा समिति झस्किएको छ ।

वैदेशिक रोजगार बीमा योजनाको कारण पटक पटक विवादमा मुछिंदै आएको प्राइम लाईफ इन्स्योरेन्समा भएको नक्कली कर्मचारी काण्ड प्रकाशमा आएपछि बीमा समितिले सकृयता देखाउन थालेको हो । प्राइम लाइफमा ३३ जना नक्कली कर्मचारीको नाममा ४ करोड ३५ लाख रुपैयाँ तलब निकासा भएको तथ्य प्रकाशमा आएपछि अहिले मुद्दा विचाराधीन रहेको छ ।

Esewa
Crest

बीमा समितिले प्राइम लाईफको रोग अन्य जीवन बीमा कम्पनीहरुमा समेत सरेको हुनसक्ने आशंका गर्दै प्रत्येक बीमकसँग मसान्त लगत्तै कूल कर्मचारी संख्या, शाखा संख्याको तथ्यांक माग्न थालेको छ । बीमकहरुलाई अनिवार्यरुपमा मसान्तलगत्तै यस्तो विवरण पठाउन बीमा समितिले निर्देशन दिएको छ ।

प्राइम लाईफ काण्ड अन्यत्र पनि दोहोरिनसक्ने संभावनालाई नकार्न सकिन्न,एकजना बीमकले भने,नियामकले समयमै यस विषयमा प्रभावकारी अनुगमन गर्नु स्वागत योग्य कदम हो ।

बीमा समितिले बीमकसँग प्रधान कार्यालय अन्तर्गत कुन कुन विभागमा कुन कुन पदको कति कर्मचारी कार्यरत छन्, कुन कुन प्रदेश कार्यालय, शाखा कार्यालय, उपशाखा कार्यालय, बिक्री केन्द्रमा कुन कुन पदमा कार्यरत कति जना कर्मचारी छन् भन्ने विस्तृत तथ्यांक नियमितरुपमा संकलन गर्ने व्यवस्था गरेमा अझै कसिलो नियमन हुने केही बीमकको भनाई छ ।

बीमा समितिले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार जीवन बीमा क्षेत्रमा अहिले ६ हजार १ सय ६० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यी मध्ये अधिकांश बजार प्रवद्र्धनको लागी वा व्यवसायीक लक्ष्य पुरा गर्ने शर्तमा नियुक्त गरिएका कर्मचारी हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS