IME Life New

प्राइम लाइफ इन्स्योरेन्सको नाफा २४ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफा गत वर्षको भन्दा २४ दशमबल १० प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीले १९ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको हो। गत वर्षको यहि अवधिमा १५ करोड ६० लाख रुपैयाँ नाफा गरेको थियो।

नाफा तथा बीमा शुल्क आर्जनमा उल्लेख सुधार देखिए पनि जारी भएको पोलिसी संख्या भने घटेको छ। हाल कायम पोलिसी संख्या दुई लाख ५४ हजार वटा पोलिसी कायम रहेको कम्पनीले जनाएको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा खुद बीमा शुल्क आर्जन २७.१० प्रतिशतले बढेर २ अर्ब तीन करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा एक अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेको थियो। कम्पनीले विभिन्न क्षेत्रमा गरेको लागि तथा कर्जा लगानीबाट ५५ करोड २५ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ।

यस्तो आम्दानी २६.७७ प्रतिशतले सुधार गर्न सफल भएको हो। अभिकर्ताले ६ महिनाको अवधिमा मात्रै २३ करोड दुई लाख रुपैयाँ कमिसन प्राप्त गरेका छन्। शेयर पुँजी २० प्रतिशतले बढ्दा पनि प्रतिशेयर आम्दानी एक रुपैयाँले बढेको छ। प्रतिशेयर आम्दानी १६ रुपैयाँ रहेको छ।

कम्पनीको दोस्रो त्रैमाशिक वित्तीय विवरण 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS