IME Life New

प्राइम लाइफ इन्स्योरेन्सको बीमाशुल्क अब अनलाईनबाटै, कनेक्ट आईपिएससँग भयो सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि अनलाइन सेवाको विस्तार गरेको छ ।कम्पनीले मंसिर २९ गते एक समारोहका वीच नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसिएचएल० संग कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस लगायतको सेवाको लागि सम्झौता गरेको छ ।

उक्त सम्झौतामा प्राईम लाइफका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई तथा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) का तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेको थियो ।यो सेवा संगै अब बीमितहरुले घरमै बसि बीमाशुल्क लगायतको भूक्तानी गर्न सक्नेछन भने अन्य सम्वद्ध पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमा आउनु नपर्ने भएको छ ।

Esewa
Crest

ग्राहकहरुलाई छिटो, छरितो सहज तथा विश्वसनिय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले थप सुविधा स्वरुप घरमै बसि सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने भएका छन ।

ग्राहक मैत्री सेवामा जोड दिंदै आइरहेको कम्पनीले यो सेवा संगै ग्राहकहरुमा थप सन्तुष्टि बढ्ने विश्वास गरेको छ । कम्पनीका ग्राहकहरुले इसेवा, फोनपे, खल्ति जस्ता एप्सबाट समेत घरमै बसि अनलाइन सेवा मार्फत बीमाशुल्क लगायतको भुक्तानी गरिरहेकोमा कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस मार्फत समेत बीमाशुल्क भुक्तानी गर्न सक्ने भएका छन ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले हालको विषम परिष्थितिमा ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन सकिने जानकारी गराउंदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने अवगत गराए ।

यस कम्पनीले देशभरमा विभिन्न १ सय ५० भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS