IME Life New

प्राइम लाइफ इन्स्योरेन्सका प्रबन्धक शर्मा पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


बैदेशिक रोजगारीमा जानेलाई नक्कली बीमालेख जारी गरी ठगी गरेको आरोपमा प्राइम लाइफ इन्स्योरेन्सका प्रबन्धक नवीन शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले उनलाई पक्राउ गरेको हो । शर्मा इन्स्योरेन्सका वैदेशिक रोजगार शाखाका प्रमुख हुन् । कम्पनीले पाँच सय ७४ वटा नक्कली बीमालेख जारी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

यसअघि नै कम्पनीका अन्य तीन कर्मचारी पक्राउ परेका थिए । कम्पनीका कर्मचारीहरू प्रकाश रेग्मी, सुदीप खड्का र सञ्जय केसी काठमाडौं जिल्ला अदालतको आदेशबाट जेल चलान भइसकेका छन् । सोही ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका सिंहबहादुर लामा, भोला पोखरेल र ध्रुव रेग्मी भने धरौटीमा छुटेका छन् ।

Esewa
Crest

यसरी भएको रहेछ ठगी
१४ लाख रुपैयाँको वैदेशिक रोजगार बीमाबापत कम्पनीले चार हजार रुपैयाँ लिने गरेको थियो । अनुसन्धानमा खुलेका पाँच सय ७४ बाहेक पनि कम्पनीबाट नक्कली बीमालेख जारी भएको हुन सक्ने आशंका गरिएको छ । बीमाबापतको पैसा लिने र नक्कली बीमालेख जारी गरेर उनीहरूले ठगी गर्दै आएका थिए । नक्कलीबीमालेखकै आधारमा वैदेशिक रोजगार कार्यालयका कर्मचारीले श्रम अनुमति दिँदै आएका थिए । यसमा केही म्यानपावर कम्पनीको समेत मिलेमतो देखिएको थियो ।

इन्स्योरेन्स कम्पनीको खातामा पैसा जम्मा भएको अवस्थामा समेत कम्पनीले सक्कली बीमालेख जारी नगरेको अनुसन्धानमा खुलेको छ । नक्कली बीमालेख जारी भएकोमा सक्कली बीमालेख जारी गर्न भनेर म्यानपावर कम्पनीले पत्र लेख्दासमेत ध्यान दिइएको थिएन ।

कतिपय बीमा एसीपेयी चेकमार्फत भएका थिए । सोही कम्पनीबाट बीमा गरेर मलेसिया गएका धादिङका एक युवकको उतै मृत्यु भएपछि बीमामा भएको ठगी खुलेको हो । ती युवकका परिवार बीमा दाबी गर्न कम्पनीमा जाँदा बीमा नै नगरेको पाइएको थियो । कम्पनीका प्रबन्धक रहेका शर्माकै यसमा संलग्नता रहेको भन्दै अदालतले समेत उनलाई पक्राउ गर्न पुर्जी जारी गरेपछि सिआइबीले पक्राउ गरेको हो भनी आजको नयाँ पत्रिका दैनिकले खबर लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS