IME Life New

प्राइम लाइफद्धारा विद्यार्थीलाई व्याग वितरण तथा भवन निर्माणमा आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लाको श्री खाट मन्दिर आघारभुत विद्यालयमा अध्यनरत ३५० भन्दा बढि बाल बालिकाहरुलाई स्कुल ब्याग वितरण गरि भवन निर्माणका लागि ३ तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

Esewa
Crest

नेपाल सरकारका परराष्ट्र मन्त्रि डा. नारायण खड्काको प्रमुख आतिथ्यतामा एक कार्यक्रमविच ब्याग हस्तान्तरण गरेको हो । डा. खड्काको पहलमा कम्पनीले उक्त सहयोग गरेको हो ।

उक्त कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्रि डा. खड्काले आफ्नो गृह वडाका विद्यालयलाई सहयोग गर्न पाएकोमा खुसि व्यक्त गरे । उनले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि आफुले सक्ने सहयोग गर्ने बताए । साथै कम्पनीलाई आफनो पहलमा सहयोग गरेकोमा प्राइम लाईफ इन्स्योरेन्स कम्पनीलाई धन्यबाद व्यक्त गरे ।

कार्यक्रमका कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले जीवन बीमा कम्पनीले जसरी आर्थिक सुरक्षामा जोड दिएको हुन्छ, त्यसरि नै शिक्षा स्वास्थ्य जस्तो विषयमा समेत संवेदनशिल भएकोले सामाजिक उत्तरदायित्व अन्र्तगत मन्त्रिको पहलमा स्कुल तथा विद्यार्थीलार्ई सहयोग गर्न पाएकोमा खुसि व्यक्त गरे ।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष उद्धव काफ्लेले इन्स्योरेन्स कम्पनीले यस किसिमको सहयोगले केहि थप हौसला मिलेको बताउँदै मन्त्री तथा कम्पनीलाई धन्यबाद व्यक्त गरे ।

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, लक्षमण ज्ञवालि, मन्दिल अधिकारी, हरि बहादुर खड्का, बिकाश अधिकारी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक विद्यार्थीे लगाएत विभिन्न क्षेत्रका ५०० भन्दा बढी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS