IME Life New

प्राइम लाइफको साधारण सभा असार २९ गते, १२.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १२ औं साधारणसभा यही असार २९ गते आह्वान गरेको छ । प्राईफ लाईफ इन्स्योरेन्स कम्पनीको १२ औं बार्षिक साधारणसभा यही असार २९ गते सोमबार अपरान्ह २ बजे अग्रवाल भवन काठमाडौंमा हुने जनाएको छ ।

१२ औं साधारणसभामा आर्थिक वर्ष २०७४।७५ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस शेयर वितरण गर्ने लगायतका नियमित प्रस्तावहरु लैजाने निर्णय भइसकेको छ ।

Esewa
Crest

कम्पनीको १२ औं बार्षिक साधारणसभामा बोनस बापत वितरण गर्न लागिएको शेयरको कर प्रयोजनको लागि एक करोड २३ लाख ३४ हजार ४४१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारणसभामा लैजाने जनाएको छ । कूल दुई अर्ब ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको बोनस वितरणपश्चात पूँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।
त्यस्तै कम्पनीले यही असार १८ गते बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । सो मितिभन्दा अगावै शेयर कारोबार गरेका शेयर धनीहरुले मात्रै लाभांश बापतको बोनश सेयर प्राप्त गर्नेछन् । त्यस्तै साधारणसभामा आर्थिक वर्ष २०७४।०७५ को वित्तीय विवरण, लेखा परिक्षण प्रतिवेदन पास गर्ने लगायतका नियमित प्रस्तावहरु राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS