IME Life New

प्राइम लाइफको सम्पुर्ण भुक्तानी कनेक्ट आइपिएस मार्फत रियलटाइमा हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले सम्पुर्ण भुक्तानीहरु स्वचालित रुपमा सोझै लाभग्राहीको खातामा जम्मा व्यवस्थाको सुरुवात गरेको छ। कम्पनीले एनसिएचएल सँगको समन्वयमा आजैदेखि लागु हुने गरि लाभग्राहीको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाएको हो।

एनसीएचएलको ‘नेशनल पेमेन्टस् इन्टरफेस एनपिआई’ प्रयोग गरी यस भित्र रहेका ‘एनसिएचएल आईपिएस’ तथा ‘कनेक्ट आईपिएस’ प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु ‘रियल–टाइम’ तथा ‘नन–रियलटाइम’मा स्वचालित रूपमा कारोबार गर्न सक्ने प्राइम लाईफ पहिलोे इन्स्योरेन्स कम्पनी भएको छ । हाल कम्पनीले सिद्धार्थ बैंक मार्फत यी भुक्तानीको शुभारम्भ गरेको हो।

Esewa
Crest

यस व्यवस्थाको सुरुवात सँगै प्राइम लाइफले इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ भने यसबाट कम्पनीको सेवा सञ्चालन थप छरितो, र सहज हुने विश्वास गरिएको छ ।

प्राइम लाइफसँगै हाल २३ जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको बीमा शूल्कको संकलन हाल अनलाइन मार्फत कनेक्टआइपिएस ईपेमेन्टबाट भइरहेको छ भने ४ वटा बीमा कम्पनी भने एनपिआई प्रणालीमा आबद्ध भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS