IME Life New

प्राइम लाइफका कर्मचारी सामाजिक सुरक्षा योजनामा सहभागी नहुने, गरे विरोध प्रदर्शन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्सका कर्मचारीहरुले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी नहुने जनाएका छन् । कर्मचारीहरुले आईएलओ अभिसन्धी १९४९(नम्बर ९८), नागरिकको मौलिक हक, श्रम ऐनको मर्म विपरित बैंक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको ‘राइट टु अर्गनाइज एण्ड राइट टु कलेक्टिम बार्गेनिङ’ गर्न पाउने हक कुण्ठित हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याइएको भन्दै असहमति जनाएका हुन् ।

कर्मचारीहरुले असहमति जनाउदै आज कालो व्यानरसहित कार्यालय परिसर भित्रै विरोध जनाएका हुन् । कोषमा आवद्ध हुँदा खाईपाई आएको सेवासुबिधा समेत घट्ने भन्दै  लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्ने उनिहरुको धारणा रहेको छ ।  नेपाल वित्तीय संस्था कर्मचारी संघले विगत २ वर्षदेखि उठाएका विषयहरु योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, बिनियम र कार्यविधिमा रहेका अमिल्दा व्यवस्थाहरु संशोधन नगरी बलजफ्ती गरिएकाले संघर्षमा उत्रिनु परेको उनिहरुले जनाएका छन् ।

Esewa
Crest

न्युनतम ज्याला,पारिश्रमिकबाट बहुसंख्यक श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराई तिनको सामाजिक सुरक्षाको हक सुनिश्चित नगरेको भन्दै प्रदर्शन गरेका हुन् । आज अधिकांश बैंक वित्तीय संस्था तथा बीमा कम्पनीका कर्मचारी संघठनहरुले आफ्नै कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । कोषले यहि असारभित्र जसरी पनि बैंक वित्तीय संस्था तथा बीमा कम्पनीका कर्मचारीहरुलाई आवद्ध हुन कोषले निर्देशन दिएको छ ।

4 x 3 protest banner (1)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS