IME Life New

प्राइम इन्स्योरेन्समा ४४९ जना फर्जी कर्मचारी, तलबभत्तामा मात्रै साढे दुई करोड घोटाला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशको निर्जीवन बीमक प्राइम इन्स्योरेन्समा फर्जी कर्मचारीको तलब भत्तामा इन्स्योरेन्सको उच्च व्यवस्थापन र सञ्चालक समितिले झण्डै २ करोड ५० लाख रूपैयाँ भ्रष्टाचार गरेका छन्।

बंगलादेशी बीमा नियामक आईडीआरएले गरेको स्थलगत निरिक्षणका क्रममा अधिकांश शाखा कार्यालयमा बीमा विकास अधिकृतको भाैतिक उपस्थिति नै नदेखिएपछि फर्जी कर्मचारीबारे तथ्य प्रकाशमा आएको हो। बीमा नियामकका अनुसार सन् २०२१ मा प्राइम इन्स्योरेन्सले कागजीरूपमा ४ सय भन्दा बढी संख्यामा बीमा विकास अधिकारी र कर्मचारी नियुक्त गरेको छ।

Esewa
Crest

फर्जी नियुक्तिका कारण गत आर्थिक वर्ष २०२३ मा तलब भत्तावापतको खर्च २ करोड ४० लाख टाका(रूपैयाँ)ले बढेको नियामकलाइ उद्घृत गर्दै इन्स्योरेन्सन्यूज बंगलादेशले उल्लेख गरेको छ। यो लागत वृद्धि ५ गुणाभन्दा बढी हो । समाचार अनुसार तलब भत्तालगायत अन्य क्षेत्रमा एक वर्षमा प्राइम इन्स्योरेन्सको अतिरिक्त खर्च साढे तीन करोड टाका पुगेको छ ।

निर्जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्चको माथिल्लो सीमा तोकेको नियम उल्लंघन गरी बढी खर्च गरेको भन्दै आईडीआरएले प्राइम इन्स्योरेन्सलाई ५ लाख टाका जरिवाना समेत गरेको छ । सोही क्रममा संस्थाले नयाँ पदाधिकारीको भर्ना र उनीहरुको तलबको वैधता जाँच गर्न कम्पनी भ्रमण गर्ने निर्णय गरेको छ ।

निर्जीवन बीमा कम्पनीले जथाभावी कमिशन वितरण गरेको भन्दै नियामकले परिपत्र नम्बर ६४ जारी गर्दै कमिशन वितरणमा अंकुश लगाएको छ। यही कारणले निर्जीवन बीमकले फर्जी कर्मचारीको नाममा तलब भत्ता खर्च देखाएर अवैध कमिशनवापतको रकम जोहो गरिरहेको इन्स्योरेन्सन्यूज बंगलादेशले उल्लेख गरेको छ।

यस प्रकारको अपराधलाई अधिकतम ५ लाख रुपैयाँ जरिवाना गरेर रोक्न नसकिने स्थानीय विश्लेषकहरुको भनाइ छ । बढी खर्च वा कसुर बमोजिम जरिवानाको मात्रा बढाउनुका साथै त्यस्ता कसुरमा संलग्नलाई फौजदारी कानून बमोजिम कारवाही गर्नुपर्ने राय उनीहरूले दिएका छन् ।

नियामकको अनुसन्धान प्रतिवेदनका अनुसार २०२१ जनवरीमा प्राइम इन्स्योरेन्समा १ सय ८१ जना अधिकारी तथा कर्मचारी कार्यरत थिए । उनीहरुको कुल तलब भत्ता ५५ लाख ३७ हजार २२३ रुपैयाँ रहेको थियो । यस अनुसार कम्पनीको १२ महिना र एक वर्षको तलब भत्ता क्षेत्रमा कुल खर्च ८ करोड ७८ लाख २७ हजार ६१९ टाका रहेको थियो । तर, २०२१ मा प्राइम इन्स्योरेन्सको तलब भत्ता शिर्षकमा जम्मा १५ करोड ४२ लाख ७४ हजार २९५ टाका रहेको छ । अर्थात् वास्तविक तलबभत्ता भन्दा ६ करोड ६४ लाख ४६ हजार ६७६ टाका बढी खर्च भएको छ ।

तथ्यांक अनुसार २०२१ जनवरीमा प्राइम इन्स्योरेन्सका पदाधिकारी तथा कर्मचारीको संख्या १८१ रहेकोमा वर्षको अन्त्यमा बढेर ५९० पुगेको छ । अर्थात् एक वर्षमा कम्पनीका अधिकारी तथा कर्मचारीको संख्या ४०९ जना अर्थात २२६ प्रतिशतले बढेको छ । प्राइम इन्स्योरेन्सको व्यवस्थापनले सन् २०२१ जनवरीमा कर्मचारी संख्या १८४ भएपनि डिसेम्बरमा बढेर ६२५ पुगेको दाबी गरेको छ ।

प्राइम इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अब्दुल हमिदको भनाइ उद्घृत गर्दै समाचारमा लेखिएको छ, बीमा कम्पनीका विकास अधिकृतहरू सामान्यतया कार्यालयमा बस्दैनन् । फिल्डमा हुन्छन् । ग्राहकलाई भेट्न टाढा टाढा जानुपर्छ। त्यसैले जुनसुकै बेला बोलाए पनि कार्यालय आउन सक्ने अवस्था छैन । सरकारी अधिकारीहरू निरिक्षणमा आएको बेला पनि यस्तै भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS