IME Life New

प्रस्तावकको मृत्यु पछि ज्योति लाइफद्धारा १२ लाख ८ हजार दाबी भुक्तानी सहित अभिभावकत्व ग्रहण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको प्रस्तावकको मृत्यु पछि १२ लाख ८ हजार रुपैयाँको दाबी भुक्तानी सहित बीमा अवधिभर बीमा शुल्क समेत भुक्तानी गरिदिने भएको छ । कम्पनीले ज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजनाका बीमित मिल्सन आङ्देम्बेको प्रस्तावक मिलन आङ्देम्बेको मृत्यु भएकाले करार बमोजिम उक्त रकम भुक्तानी दिएको हो । यस बीमा योजनामा कम्पनीले अभिभावकको ज्योति म्यादी जीवन बीमा योजनाको पनि राइडर पोलिसी थियो । सोहि अनुसार बीमितको परिवारले थप रकम पाएको हो । ‍

आङदेम्बेले २०७७ फागुन १५ गते १६ वर्षे अवधिको ज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजना गरिद गरिदिएका थिए । प्रस्ताव आङ्देम्बेको गत असोज २७ गते सडक दुर्घटनाका क्रममा मृत्यु भएको थियो ।

Esewa
Crest

उनको निधन पश्चात कम्पनीले बालक मिल्सनको अवको १५ वर्षसम्म मासिक ७ हजार ८० रुपैयाँ बीमा शुल्क भुक्तानी गरिदिनेछ । यसरी बीमालेख अन्तर्गत अभिभावकको दायित्वबाट मुक्त गराई कम्पनीले नै उक्त रकम तिरिदिनुका साथै बीमा अवधि पछि उक्त रकम एकमुष्ठ रुपमा प्रदान गर्नेछ ।

दाबी भुक्तानी कार्यक्रममा बीमा कम्पनीका शाखा प्रमुख नगेन्द्र बहादुर घिमेर, बीमा कम्पनीका कर्मचारी, मेचि प्रमुख नारायण ओझा, सिनियर एजेन्सी मेनेजर मेनुका पाण्डे, उर्मिला कार्की, एजेन्सी मेनेजर विसन तामाङ सहित बीमितको छर छिमेकीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS