IME Life New

प्रभु ग्रुपले चलाएकाे सिपिङ कम्पनीले वर्षदिनमै गर्याे ४९ कराेड रूपैयाँकाे काराेबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । प्रभु समूह मुख्य लगानीकर्ता रहेकाे नेपाल सिपिङ एण्ड मल्टीमाेडल ट्रान्सपाेर्ट प्रा.लि.ले गत आर्थिक वर्षमा ४९ कराेड ४० लाख रूपैयाँ बराबरकाे काराेबार गरेकाे छ । चार वर्ष अघि स‌ंचालनमा आएकाे याे कम्पनीले आव २०७७।७८ काे तुलनामा २०७८।७९ मा काराेबारमा ३२‍.६२ प्रतिशतले वृद्धि गर्न सफल भएकाे छ ।

कम्पनीले एक घरेलु एजेन्ट सहित ३७ विभिन्न एजेन्टहरू मार्फत ३७ वटा विभिन्न बन्दरगाह/हबहरूबाट २२ वटा देशमा व्यापार गरिरहेको छ। साथै, पछिल्लो दुई वर्षमा यसले २२ विभिन्न राष्ट्रहरूबाट ४ हजार भन्दा बढी कन्टेनरहरू गन्तव्यसम्म ओसारेकाे छ। याेमध्ये अधिका‌ंश मलेशिया केन्द्रीत रहेकाे थियाे ।आफूसँग पानी जहाज नभएपनि याे कम्पनी आफै‌ंले कूल ९४३ वटा कन्टेनरमार्फत् पारवहन सेवा प्रदान गरिरहेकाे छ । यी कन्टेनरमध्ये नेपाल सिपिङसँग ३५३ वटा कन्टेनर भाडामा लिएकाे हाे .

Esewa
Crest

याे कम्पनीले पूर्ण कन्टेनर ढुवानी, अर्द्ध कन्टेनर भारी ढुवानी, भन्सार जाँचपास, पारवहन अनुगमन लगायत अन्य आन्तरिक र वायूमार्गमार्फत् ढुवानी सेवा समेत प्रदान गरिरहेकाे छ।

इन्फाेमेरिक्स नेपालका अनुसार नेपाल सिपिङले आव ७८।७९ को अन्त्यमा आइपुग्दा विगत चार वर्षकाे अवधिमा काराेबार रकममा कूल ११० प्रतिशतले वृद्धि गर्न सफल भएकाे छ। याे कम्पनीकाे कर, ह्रास कट्टी अघिकाे आय कूल काराेबार रकमकाे आधारमा १३‍.६५ प्रतिशत रहेकाे छ। अघिल्लाे आव २०७७।७८ मा यस्ताे आय १५.६७ प्रतिशत रहेकाे थियाे ।

नेपाल सिपिङमा कम्पनीकाे संचालक समितिका अध्यक्ष समेत रहेका देवी प्रकाश भट्टचनकाे व्यक्तिगतरूपमा ५५ प्रतिशत र संस्थागतरूपमा सिम्पल होल्डिङ्स प्राइभेट लिमिटेडकाे ३४ प्रतिशत लगानी रहेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS