IME Life New

प्रभु बैंकको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला, कहिलेसम्म दिन पाईन्छ आवेदन?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र आज साउन १९ गतेबाट बिक्री खुला भएको छ । बैंकले १० प्रतिशत ब्याजदरमा ८ वर्षे अवधिको प्रभु बैंक डिबेन्चर २०८४ जारी गरेको हो।

कूल २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट र ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गर्ने बैंकले जनाएको छ।

Esewa
Crest

बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेड छ। बैंकको ऋणपत्रमा साउन १९ गतेबाट छिटोमा साउन २३ र ढिलोमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि ३ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।

बैंकले निष्काशन गर्न लागेको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ।

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS