IME Life New

प्रभु बैंकको नाफा ३९.८७ प्रतिशतले बढ्यो, खराव कर्जा २.०६ प्रतिशतमा झर्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। प्रभु बैंकले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ३९.८७ प्रतिशतले नाफा सुधार गरेको छ। पुस मसान्तसम्ममा बैंकले एक अर्ब ५१ करोड रुपैयाँ मुनफा आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा बैंकले एक अर्ब रुपैयाँ नाफा गरेको थियो। वितरण योग्य मुनाफा भने जम्मा ९९ करोड ९८ लाख रुपैयाँ मात्रै रहेको छ। खराब कर्जा घटाउदा बैंकको मुनाफामा उल्लेख सुधार भएको हो। बैंकले गत वर्षको यहि अवधिको ३ दशमलब १२ प्रतिशतको खराब कर्जालाई घटाएर २ दशमल ०६ प्रतिशतमा झारेको छ।

कोभिड महामारीकै अधविमा पनि बैंकले २५.८५ प्रतिशतले निक्षेप बढाएको छ भने २६.८२ प्रतिशतले कर्जा लगानी बढाएको हो। बैंकले ६ महिनाको अवधिमा एक खर्ब ६२ अर्ब रुपैयाँको निक्षेप संकलन गरि एक खर्ब २६ अर्ब रुपैयाँको कर्जा लगानी गरेको छ।

Esewa
Crest

खुद व्याज आम्दानी ९.७२ प्रतिशतले बढेर २ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा यस्तो आम्दानी २ खर्ब ४५ अर्ब रुपैयाँ थियो। त्यस्तै सञ्चालन खर्च २६.०८ प्रतिशतले बढेको छ। यस्तो खर्च एक खर्ब २६ अर्ब रुपैयाँ रहेको छ। वितरण योग्य मुनाफा भने जम्मा ९९ करोड ९८ लाख रुपैयाँ मात्रै रहेको छ।

व्याजदर घट्दा बैंकको कष्ट अफ फण्ड घटेको छ। त्यस्तै स्प्रेडदर १.१९ प्रतिशत विन्दुले घटेर ३.६४ प्रतिशतमा झार्न सफल भएको छ। आधार व्याजदर एक वर्षकै अवधिमा २.२१ प्रतिशत विन्दुले घटाएर ७.२४ प्रतिशतमा झारेको छ। चुक्ता पुँजी १० प्रतिशतले बढ्दा पनि प्रतिशेयर आम्दानी २६ रुपैयाँ रहेको छ। गत वर्ष प्रतिशेयर आम्दानी २१ रुपैयाँ थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS