IME Life New

प्रभु बैंकको नाफा बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा ८५ करोड १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव २५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

१० अर्ब ३१ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ३० करोड र रिटेन्ड अर्निङ्गमा १ अर्ब ४० करोड रुपैयाँ सञ्चित छ। यस अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १७ करोड ५६ लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २० दशमलव ४१ प्रतिशत बढेर १ अर्ब ६९ करोड ३९ लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा ४० दशमलव ४९ प्रतिशत बढेर १ अर्ब २५ करोड १७ लाख रुपैयाँ पुगेको छ।

प्रति शेयर आम्दानी चालु आर्थिक वर्षमा बढेर ३२ रुपैयाँ ९६ पैसा पुगेको छ। त्यसैगरी, सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ३० पैसा र मूल्य आम्दानी अनुपात ७.२२ गुणा कायम भएको छ।

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा बैंकको निक्षेप १ खर्ब २८ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा ९९ अर्ब ४१ करोड रुपैयाँबाट बढेर १ खर्ब १६ अर्ब पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS