IME Life New

प्रभु क्यापिटलको १३औं वार्षिक साधारण सभा आब्हान, प्रस्तावित लाभांश पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटलको १३औं वार्षिक साधारण सभा असोज १६ गते हुने भएको छ । क्यापिटलको भदौ २० गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा होटल एलफ्ट छाया सेन्टर ठमेलमा हुने बताएको छ । सभा बिहान ११ बजे गर्ने जनाएको छ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/ ७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन सहितको क्यापिटललको आर्थिक वर्ष २०७७ /७८ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान, हिसाब नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचिहरु पारित गर्ने प्रस्ताव पेश हुनेछ ।

Esewa
Crest

त्यस्तै, सभामा आर्थिक वर्ष २०७८ /७९ को लागि लेखा परिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने कम्पनी ऐन २०६३ को दफा १११ (३) बमोजिम लेखापरिक्षक आचार्या सुमन एशोसिएयटस पुनः नियुक्ति हुन योग्य भएको जनाएको छ ।

आर्थिक वर्ष २०७७ /७८ मा प्राप्त मुनाफाबाट कर सहितको नगद लाभांशको रुपमा १७ दशमलव ६१ प्रतिशत नगद लाभांश पारित गर्ने, हाल कायम चुक्ता पूँजीको २२ दशमलव ३८८५ प्रतिशत बोनश शेयर वितरण कारण क्यापिटलको जारी,अधिकृत तथा चुक्ता पूँजी बृद्धि सम्बन्धी प्रस्ताव पारित गर्ने जनाएको छ ।

त्यसैगरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोध तथा परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाबाट पारित गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS