IME Life New

प्रधानमन्त्री ओलीको सबै औपचारिक कार्यक्रम स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज विहानै पेट दुखेर अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाईटिस भएर अप्रेशन गरेपछि हाल आईसीयुमा राखेर चिकित्सकले सुक्ष्म निगरानी गरिहेका छन् । प्रधानमन्त्री कार्यालयले प्रम ओलीको आज विहान गरिएको अप्रेशन सफल भएको जनाएको छ ।

प्रम ओलीलाई बेहोस नै पारेर अप्रेशन गर्नु परेपछि तत्कालदेखिका सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको छ । प्रम ओली निवास स्रोतका अनुसार कम्तीमा दिनदेखि एक सातासम्मको औपचारिक कार्यक्रमहरु स्थगित गरिएको छ । पाँच दिनपछि दक्षिण एशियाली खेलकूद (साग) को उद्घाटन कार्यक्रम रहेको छ भने आजै पनि सागमा सहभागी हुने खुलाडीहरुलाई सम्बोधन गर्ने कार्यक्रम थियो ।

Esewa
Crest

उता, प्रधानमन्त्री कार्यालयले भने अहिले नै कुनै पनि कार्यक्रम स्थगित नगरिएको प्रम ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । थापाले भने, प्रधानमन्त्रीज्यूको सामान्य अप्रेशन गरिएको हो, एक दुई दिन आराम गरेर काममा फर्कन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS