IME Life New

प्रदेश नम्बर १ मा नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश नम्बर १ को ए क्षेत्रीय कार्यालय बिर्तामोडले त्यस क्षेत्रका १० वटा शाखामा अभिकर्ता पुनर्ताजगी सम्पन्न गरेको छ । तालिम असोज २ गतेदेखि १२ गतेसम्म संचालन गरिएको थियो ।

प्रदेश नम्बर १ ए क्षेत्रभित्र पर्ने १० वटै शाखामा आवद्ध सयौं अभिकर्ताका बिच तालिम संचालन गरिएको थियो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जोन ए का जोनल हेड एवम कम्पनिका सहायक महाप्रबन्धक कृष्ण प्रसाद लम्सालको उपस्थितिमा १० वटै शाखामा अभिकर्ता क्षमता अभिवृद्धि तालिम तथा बिमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको हो ।

Esewa
Crest

सो अवसरमा कम्पनिका सहायक महाप्रबन्धक कृष्ण प्रसाद लम्सालले जीवन बिमा क्षेत्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपालकै एक नम्बर भएकाले ढुक्क भएर बिमा गर्न गराउन आग्रह गरे । लम्सालले जीवन बीमा क्षेत्रमा लगानी गर्नाले बचत र सुरक्षा हुने भएकाले पनि बिमा गर्न अत्यावश्यक भएको बताए । उनले नेपालकै सर्वाधिक भरपर्दो तथा बिश्वासिलो जीवन बिमा कम्पनी भएकाले पनि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध भएर अभिकर्ताको रुपमा ढुक्क भएर काम गर्न समेत सुझाव दिएका थिए ।

हाल कम्पनिमा जीवन बीमा कोष, चुक्ता पुजी, अभिकर्ता, कर्मचारी,बीमितहरु, शाखाउपशाखाहरु, लगानी, लगायत सबै क्षेत्रमा सर्वाधिक रहेकाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपालका १९ वटा जीवन कम्पनी मध्य एक नम्बर भएको जोनल हेड लम्सालले कार्यक्रममा प्रष्ट पारे ।

उनले दशै तिहारमा गरिने खर्च कटौती गरेर जीवन बीमा गरि सुरक्षित हुनुपर्नेमा जोड दिए । बीमा गरिसकेपछि भोलिमा दिनमा उच्च प्रतिफल प्राप्त गर्नको लागि पनि नेपाल लाइफ इन्स्योरेन्समा नै बिमा गर्नुपर्ने बताए ।

उक्त कार्यक्रममा प्रदेश नम्बर १, ए का क्षेत्रीय प्रमुख कैलाश अधिकारी एवम सो क्षेत्रका सबै शाखाका शाखा प्रमुखहरुको पनि सहभागिता रहेको थियो ।

प्रदेश नम्बर १ को ए अन्तर्गत पर्ने ताप्लेजुङ, थर्पु, फिदिम, सक्रान्ती बजार, इलाम, फिक्कल, विर्तामोड, चन्द्रगढी, सुरुङ्गा र काकडभिट्टा शाखामा अभिकर्ताहरुको भब्य उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS