IME Life New

प्रथम त्रैमासमा प्राइम लाइफको प्रगति, व्यवसाय ४० ले बृद्धि, मुनाफा सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कोरोना महामारीको समयमा बीमाको व्यवसायमा प्रभावित हुने चिन्ता भइरहेको बेला प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले भने सबै सुचकमा प्रगति गर्न सफल भएको छ ।

खुद बीमाशुल्क आर्जन : कम्पनीले यस अवधिसम्ममा १ अर्ब ६ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४० दशमलव ६६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७५ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

Esewa
Crest

चुक्ता पुँजी र कोष :
२ अर्ब २५ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ९० करोड ६० लाख रुपैयाँ संचिती रहेको छ । त्यस्तै, जीवन बीमा कोषमा १२ अर्ब ३७ करोड ४२ लाख र महाविपत्ती कोषमा १४ करोड १२ लाख रुपैयाँ रहेको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।

कुल बीमा शुल्क आर्जनः
यस अवधिसम्ममा कम्पनीले १ अर्ब ७ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७६ करोड ५६ लाख रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ४९ दशमलव ७२ प्रतिशतले बृद्धि गरेको छ ।

खुद नाफा 
त्यस्तै, समिक्षा अवधिमा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

हालसम्म कुल बीमा शुल्क आर्जन 
त्यसैगरी कम्पनीले हालसम्म इन्स्योरेन्सले १९ अर्ब ५२ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले ६७९ दाबी वापत २९ करोड २८ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

खुद दाबी भुक्तनी स:
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २६ करोड ६४ लाख रुपैयाँ खुद दाबी भुक्तनी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड १६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

सूचक :
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३९ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ४६ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात २९.९७ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS