IME Life New

प्रथम त्रैमासमा एशियन लाईफको अधिकांश सूचक उत्साहजनक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एशियन लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ।

कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४ करोड २ लाख खुद नाफा गरेको छ।  गत वर्ष सोही अवधिमा कम्पनीले १ करोड ९ लाख कमाएको थियो। यस अवधिमा पुँजी वृद्धि ६० प्रतिशत र  कम्पनीको खुद नाफामा १३७ दशमलव ४५ प्रतिशतको वृद्धि देखिएकाले कम्पनीको प्रति शेयर आम्दानीमा वृद्धि देखिएको छ तर जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी पश्चात मात्र वास्तविक प्रति शेयर आम्दानी र नाफा प्राप्त हुने छ। कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ८ रुपैयाँ रहेको छ।

Esewa
Crest

कम्पनीको जगेडा कोष ५१ दशमलव ९२ प्रतिशतले वृद्धि हुँदै ४० करोड ५४ लाख पुगेको छ भने जीवन बीमा कोष २९ दशमलव २३ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ७९ करोड पुगेको छ।

खुद बीमा शुल्क आर्जन रकम ३० दशमलव २३ प्रतिशतले वृद्धि हुँदै ८८ करोड ८६ लाख पुगेको छ भने खुद दावी भुक्तानी ९८ दशमलव १५ प्रतिशतले वृद्धि  हुँदै १४ करोड १२ लाख पुगेको छ।

भुक्तानी हुन् बाँकी दावी ४८ दशमलव ७४ प्रतिशतले वृद्धि हुँदै २ करोड ५३ हजार पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS