IME Life New

प्रथम त्रैमासमा एशियन लाइफको उल्लेख्य प्रगति, मुनाफा दोब्बर, जीवन बीमा कोषमा २३ अर्बमाथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले सबै सुच्कहरुमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । यस अवधिसम्म कम्पनीले मुनाफामा दोब्बर बृद्धि गरेको छ ।

खुद बीमाशुल्क आर्जन
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्ममा एक अर्ब ४५ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तलुनामा कम्पनीको खुद बीमा शुल्क आर्ज ६३ दशमलव ८५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८८ करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

Esewa
Crest

चुक्ता पूँजी र कोष
चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६३ करोड १७ लाख रुपैयाँ संचिती रहेको छ । जीवन बीमा कोषमा २३ अर्ब ६ करोड ४ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ७ करोड ६ लाख रुपैयाँ रहेको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

खुद मुनाफा
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ९ करोड ४० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ५ करोड ३८ लाख रुपैयाँले बढी हो ।

कुल बीमाशुल्क आर्जन
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले एक अर्ब ४७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८८ करोड ९३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीले हालसम्ममा २६ अर्ब २८ कारेड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दाबी भुक्तानी
इन्स्योरेन्सको कुल कायम बीमालेख संख्या ३ लाख ८५७ वटा छन्। इन्स्योरेन्सले यस अवधिमा ७ हजार २९७ कुल दाबी बापत १ अर्ब ६७ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । ९० दाबी बापतको २ करोड ५२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ।

सूचक
कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १८ रुपैयाँ ७१ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ३४ रुपैयाँ ९३ पैसा र मूल्य आम्दानी अनुपात ३८ गुणा रहेको छ।

लाइफ इन्स्योरेन्स कम्पनीको हकमा मुनाफा बीमाङकीय मुल्याङकन पछि लेखापरिक्षणको क्रममा घटीबढी हुन सक्नेछ । यो वास्तविक मुनाफा होइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS