IME Life New

प्रति शेयर आम्दानी र मूल्य आम्दानी अनुपातको आधारमा कुन वाणिज्य बैंक “अण्डर भ्यालुड” कुन “ओभर भ्यालूड” ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल नेपाली दोश्रो बजारमा  २३ वाणिज्य बैंकहरुको शेयर कारोवार हुने गरेका छ । बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७८/७९ को तेश्रो  त्रैमास ( चैत्र मसान्तसम्म) को वित्तीय विवरण पनि प्रकाशित गरिसकेको अवस्था छ ।  नेपाल बंगलादेश बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको भने शेयर कारोवार रोकिएको छ । सूचीकृत वाणिज्य बैंकमध्ये हाल तीन वाणिज्य बैंकको मर्जरको कारण शेयर कारोबार रोक्का भएको हुँदा २३ वटा वाणिज्य बैंकहरुको प्रति शेयर आम्दानी,बजार मुल्य र मुल्य आम्दानी अनुपातको आधारमा गरिएको अध्ययन :

प्रति शेयर आम्दानीको आधारमा
हाल नेप्सेमा कारोबार हुने गरेका २३ वटा वाणिज्य बैंकमध्ये प्रति शेयर आम्दानीको आधारमा सबैभन्दा अघि एनआईशी एशिया बैंक रहेको छ । बैंकको प्रति शेयर आम्दानी ४१ रुपैयाँ ५६ पैसा रहेको छ । त्यसैगरी सबै भन्दा थोरै प्रति शेयर आम्दानी लक्ष्मी बैंकको रहेको छ । बैंकको प्रति शेयर आम्दानी ९ रुपैयाँ ९१ पैसा रहेको छ । तेश्रो त्रैमाससम्मको तथ्याङ्क अनुसार एउटा वाणिज्य बैंकको मात्र प्रति शेयर आम्दानी १० रुपैयाँ भन्दा थोरै छ।

Esewa
Crest

आसौतमा २३ वाणिज्य बैंकहरुको प्रति शेयर आम्दानी १८ रुपैयाँ ९१ पैसा देखिन्छ।  करपछिको नाफालाई कुल शेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई प्रतिशेयर आम्दानी भन्ने गरिन्छ। कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल शेयर संख्याले भाग गर्दा प्रतिशेयर आम्दानी  प्राप्त हुन्छ । प्रतिशेयर आम्दानी शेयरको मूल्य मूल्यांकन मापन गर्ने एक महत्त्वपूर्ण आधार हो । प्रति शेयर आम्दानी उच्च भएकोलाई असल मानिन्छ भने कम भएकालाई कमसल मानिन्छ।

मूल्य आम्दानी अनुपातको आधारमा
मुल्य आम्दानी अनुपातको आधारमा एनसीसी बैंकको अनुपात सबै भन्दा थोरै छ । कम्पनीकोे मूल्य आम्दानी अनुपात १२ दशमलव ६९ गुणा रहेको छ । त्यसैगरी सबैभन्दा धेरै मुल्य आम्दानी अनुपात नबिल बैंकको रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३८ दशमलव ९०  गुणा छ । हाल शेयर बजारमा कारोवार भएका २३ वाणिज्य बैंकहरुको औसत मूल्य आम्दानी अनुपात १७ दशमवल ८६ गुणा रहेको छ। कम्पनीको शेयरको बजार मूल्य र प्रतिशेयर आम्दानीबीचको अनुपात प्राइस टु अर्निङ (पिई) रेसियो हो । यो अनुपात कम (१० भन्दा कम) भएका सेयर शंकास्पद हुन्छन, १० देखि २० सम्मका तुलनात्मक रुपमा सुरक्षित हुन्छन, २० भन्दा माथिका जोखिमयुक्त हुन्छन् । शंकास्पद भन्नुको अर्थ कम पिइ रेसियो हुनुमा लगानीकर्ताहरुले पहिचान नगरेकाले बजार मूल्य कम हुँदा पिई पनि कम हुन्छ भने अर्कोतिर कम्पनीले नाफा नै कम गरेकोले इपिएस कम भई पिइ पनि न्युन हुन सक्छ ।

बैशाख ७ गतेको बजार मुल्यको आधारमा मूल्य आम्दानी अनुपात गणना गरिएको छ। 

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS