IME Life New

प्यानलाई ऐच्छिक गर्न लगानीकर्ताको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सेयर बजार लगानीकर्ताले प्यान (स्थायी लेखा नम्बर) ऐच्छिक गरिनुपर्ने माग गरेका छन् । सोमबार नेपाल धितोपत्र बोर्डले प्यान कार्यन्वयनको बिषयमा आयोजना गरेको छलफल कार्यक्रममा लगानीकर्ताहरुले यस्तो माग गरेका हुन् । उनीहरुको अनुसार प्यानलाई अनिवार्य गरिनु हुँदैन ।

सबै लगानीकर्ता पहुँच प्यान नहुने भएकाले पनि अनिवार्य गर्न नहुने उनीहरुको तर्क रहेको छ । सरकारले बैशाख १ गते देखि लगानीकर्तालाई प्यान अनिवर्या गर्ने योजना बनाएको छ । प्यानका बिषयमा अझै छलफल गरेर मात्रै अनिवार्य गर्नुपर्ने नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । ‘लगानीकर्ता विश्वस्त हुनु परयो । तब मात्रै अनिवार्य गर्नुपर्छ,’ उनले भने ।

Esewa
Crest

छलफलामा नेपाल ईन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपालपूँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समूहगरी लगानीकर्ताका पाँच (५) वटा संस्थाका पदाधिकारीहरुको लगानीकर्ता प्यानको विरोधी नरहेको धारणा राख्दै पूँजीगतलाभ कर अन्तिम कर हो कि होइन निक्यौल गर्नुपर्ने बताए । साथै अघिल्लो वर्षको वार्षिक कारोबारमा भएको घाटालाई नाफामा समायोजन गरी कर निर्धारण हुने, हाल शेयर खरिदकर्तालाई मात्रै प्यान अनिवार्य गरिएकोमा शेयर बिक्रीकर्तालाई सो व्यवस्था नभएको सम्बन्धमा, नाबालक तथा विदेशमा रहने नेपाली लगानीकर्ताले प्यान लिने सम्बन्धमा, प्यान स्वतस्फूर्त रुपमा लिने वातावरण र प्यान लिनका लागि देशभर सहज रुपमा आवश्यक पूर्वाधार निर्माण गर्न सुझाव दिएका थिए ।

त्यसैगरी कार्यक्रममा धितोपत्र दलाल व्यवसायीको तर्फबाट हालै सञ्चालनमा ल्याइएको कारोबार प्रणाली तथा सिडिएससीको प्रणालीमा समेत प्यान ईन्ट्री गर्ने व्यवस्था नरहेको भन्दै यसमा प्राविधिक समस्या समेत रहेको धारणा राखेका थिए ।

छलफलमा बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीलेस्थायी लेखा नम्बरका सम्बन्धमा रहेका समस्या तथा व्यवहारिक पक्षको आफुलाई जानकारी भएको बताए । साथै शेयर बजारमा प्यान लागू गर्ने विषय प्राविधिक विषय समेत भएकोले यसका व्यवहारिक पक्ष र बजारको अवस्थालाई समेत ध्यान दिई सम्पूर्ण पक्ष अघि बढ्नुपर्ने धारणा राखे । कार्यक्रममा लगानीकर्ताहरुको तर्फबाट प्राप्त सुझाव तथा राखिएका विचारहरु सरोकारवाला निकायहरु समक्ष राखी आवश्यक सहजीकरणका लागि बोर्ड तयार रहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS