IME Life New

पोखरा फाइनान्सको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ । कम्पनीले उक्त बोनश नेपाल स्टक एक्सचेञ्ज र सिडीएस एण्ड क्लियरिङ हाउसमा सचिकृत तथा दर्ता गराई कारोबार योग्य बनाएको जनाएको छ ।

कम्पनीले गत पुस ३० गते सम्पन्न २५औं साधारण सभाबाट पारित ८ दशमलव ०७५ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।

Esewa
Crest

कम्पनीले पुस २१ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनश शेयर जम्मा गरेको र उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने जनाएको छ ।

हालसम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल, कमलादी तथा आफूलाई पायक पर्ने प्रभु बैंकको शाखा कार्यालयमार्फत् हितग्राही खाता खोली शेयर अभौतिकीकरण गरेर बोनश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS