IME Life New

पोखरामा महालक्ष्मी लाइफको “युवासँग महालक्ष्मी लाइफ” बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पोखरा । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको युवासँग महालक्ष्मी लाइफ कार्यक्रम पोखरामा सम्पन्न भएको छ। पोखरा महानगर वडा न ३३ कालिकास्थानको सरस्वती टीका मा.बि. मा पोखरा क्षेत्रको पहिलो कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको पोखरा महानगरपालिका वडा न ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्यले उद्घाटन गरेका थिए। आचार्यले जीवन बीमा अब मानव जिबनको आधारभुत आबश्यकता भइसकेको भन्दै बीमाबारे जागरण ल्याउन महालक्ष्मी लाइफको कदम प्रशंसनिय भएको बताए । उनले बीमाले जीवन र परिबारको आर्थिक र पारिबारिक सुरक्षा प्रदान गर्ने हुदा निश्चिन्त भएर बिमा कर्ममा लाग्न युबाहरुलाइ आग्रह गरे।

Esewa
Crest

उक्त कार्यक्रम महालक्ष्मी पोखराका संयोजक सन्तोष पराजुलिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कम्पनीका गण्डकी क्षेत्रीय प्रबन्धक अखिल धमलाले युवासँग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान उद्देश्यको बारेमा प्रमुख प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा एक सयभन्दा बढी युवा बिद्यार्थि सहभागी भएका थिए । कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष रिशिराज आचार्य शिक्षक अभिभाबक संघ अध्यक्ष गणेश प्रसाद ढकाल ,इन्स्योरेन्सका पोखरा शाखा प्रबन्धक रामजी प्रसाद लम्साल,युवासँग महालक्ष्मी लाइफका केन्द्रिय सदस्य चन्द्र कुमारी राना ,एजेन्सी म्यानेजर दिपकराज आचार्य लगाएतले जीवन बीमा र महत्वबारेमा प्रकाश पारेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS