IME Life New

पेट्रोलियम पदार्थको खपत कम गर्न यस्ता छन् सरकारका कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे सँगै केहि समयदेखि नेपाली बजारमा पनि अत्याधिक बढिरहेको छ । जेठ पहिलो सातामै नेपालले २ खर्ब भन्दा धेरैको पेट्रोलियम पदार्थको आयात गरिसकेको छ ।

विश्व बजारमा मूल्य बढ्दै जादा नेपालको व्यापार घाटा पनि सँग सँगै चुलिएको छ । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन आगामी आर्थिक वर्षको बजेट मार्फत विभिन्न कार्यक्रमहरु ल्याएको छ ।

Esewa
Crest

१.    पेट्रोलियम पदार्थको खपतलाई घटाउदै सवारीसाधन तथा खाना पकाउने प्रयोजनमा विद्युतको उपयोगलाई बढाउने ।

२.    सर्बसाधारण जनताले खाना पकाउने ग्यासको उपयोग कम गर्न तथा विद्युतको उपयोगलाई प्रोत्साहन गर्न विद्युत महशुलमा सहुलियत दिई राहत प्रदान गर्ने ।

३.    विद्युतीय चुल्होको प्रयोगलाई देशव्यापी बनाउन स्थानीय तह मार्फत अनुदानमा एक घर- एक विद्युतीय चुल्होको कार्यक्रम कार्यन्वयन गर्ने ।

४.    बढी विद्युत प्रयोग गर्ने उद्योगलाई विद्युत महशुलमा छुट दिने ।

५.    एल.पी. ग्यासको उपभोगमा सर्वसाधारण जनताको घरायसी एवं व्यावसायिक प्रयोगका लागि अलग अलग मूल्य कायम गर्ने ।

यी लगायत सम्पूर्ण कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले स्पष्ट पारेका छन् । विदेशी मुद्रा खर्च गरी महंगो मूल्यमा आयात गर्नु पर्ने पेट्रोलियम पदार्थको प्रयोग सकेसम्म कम गरी विद्युत लगायतका वैकल्पिक उर्जाको खपत बढाउनु पर्ने अहिलेको टट्कारो आवश्यकता रहेको छ।

यस राष्ट्रिय आवश्यकतालाई पुरा गर्न सरकारले जनता समक्ष ल्याएका विविध योजनाहरुलाई सफलता पूर्वक कार्यान्वयन गर्नमा आम नागरिकहरु सँग मन्त्री बडूले सकारात्मक सहयोगको आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS