IME Life New

पेट्रोलपम्पमा जागिर, मात्र रु. ३०० तलब, एउटा आइडिया चम्कियो धीरुभाइ अम्बानीको भाग्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स इन्डस्ट्रिज आज देशको सबैभन्दा मूल्यवान कम्पनी हो। यसको व्यवसाय तेल र ग्यासदेखि हरित ऊर्जा, टेलिकमदेखि खुद्रा बजारसम्म धेरै क्षेत्रमा फैलिएको छ।

यो कम्पनी मुकेश अम्बानी र अनिल अम्बानीका पिता धीरुभाइ अम्बानीले स्थापना गरेका थिए। उनको जन्मजयन्ती हिजो २८ डिसेम्बर परेको थियो। रिलायन्सको जग बसाल्ने स्वर्गीय धीरुभाइ अम्बानीको पेट्रोलपम्पमा काम गर्नेदेखि व्यवसायमा प्रवेश गर्ने र ठूलो व्यापारिक साम्राज्य निर्माण गर्ने यात्रा कुनै फिल्मी कथाभन्दा कम छैन।

Esewa
Crest

जुनागढमा जन्म

भारतका एक अग्रणी व्यापारिक व्यक्तित्व धीरुभाइको जन्म २८ डिसेम्बर १९३२ मा सौराष्ट्रको जुनागढ जिल्लामा भएको थियो। उनका बुवा शिक्षक थिए। घरको आर्थिक अवस्था राम्रो थिएन। यस्तो अवस्थामा आफ्नो परिवारलाई आर्थिक सहयोग गर्न धीरुभाइले कक्षा १० पास गरेपछि सानातिना जागिर गरेर पैसा कमाउन थाले पनि सुरुको कमाइ अपुग रह्यो।

मासिक रु. ३०० मा काम

जब धीरुभाइलाई पढाइमा रुचि थिएन तब मात्र १७ वर्षको उमेरमा उनी पैसा कमाउन सन् १९४९ मा देशबाहिर गए। धीरुभाइ आफ्नो भाइ रम्निकलालसँग भेट्न यमन गएका थिए। जहाँ उनले पेट्रोलपम्पमा काम गर्न थाले। त्यतिबेला उनले यो कामका लागि मासिक ३०० रुपैयाँमात्र तलब पाइरहेका थिए। तर, उनले आफ्नो काम पूर्ण इमान्दारी र मेहनतका साथ गरे। जसका कारण कम्पनीले खुसी भएर उनलाई पेट्रोल पम्पको म्यानेजरसमेत बनाएको थियो।

जम्मा रु. ५०० मा मुम्बई प्रस्थान

धीरुभाई अम्बानी यमनको पेट्रोलपम्पमा काम गरिरहेका भए पनि उनको मनमा केही ठूलो गर्ने विचार उब्जिरहेको थियो। पाँच वर्ष काम गरेपछि उनले भारत फर्किने निर्णय गरे र आफ्नै देशमा व्यापार सुरु गर्ने योजना बनाउन थाले। उनी सन् १९५४ मा भारत फर्किए। उनी केही दिन घरमै बसे र त्यसपछि खल्तीमा ५०० रुपैयाँमात्रै लिएर मुम्बई प्रस्थान गरे।

एउटा आइडिया र चम्कियो भाग्य

मुम्बई पुगेपछि धीरुभाइ अम्बानीले तुरुन्तै कुनै काम सुरु गरेनन्। तर, पहिले उनले थुप्रै किसिमका बजारको भ्रमण गरे र तिनीहरुको जटिलता बुझे। भारतमा पेट्रोलियमको माग छ र विदेशमा भारतीय मसलाको ठूलो माग छ भन्ने कुरा उनले बुझिसकेका थिए। त्यसपछि उनले यो व्यवसायको विचारलाई अगाडि बढाउने निर्णय गरे। त्यसपछि उनले यही क्षेत्रमा काम गर्न थाले।

यसरी राखियो रिलायन्सको जग

८ मे १९७३ मा धीरुभाइ अम्बानीले रिलायन्स कमर्स कर्पोरेसनको नाममा आफ्नो व्यवसाय सुरु गरे। यसमार्फत भारतीय मसला विदेशमा पठाइयो भने विदेशबाट पोलिरुटर भारतमा ल्याएर बिक्री गर्न थालियो। जसरी व्यापार बढ्दै गयो धीरुभाइ अम्बानीले कहिल्यै पछाडि फर्केर हेरेनन्। यो कम्पनी सुरु हुँदा ३५० स्क्वायर फिटको कार्यालय (कोठा)मा एउटा टेबल, तीन कुर्सी, दुई सहायक र एउटा टेलिफोन मात्र थियो र उनीहरुले दिनको १० घन्टामात्र काम गर्थे। व्यापार यति छिटो बढ्यो कि धीरुभाइ अम्बानी भारतको सबैभन्दा धनीमध्ये एक बने।

आज भारतकै ठूलो कम्पनी

रिलायन्सलाई अर्कै उचाइमा पुर्याउने धीरुभाइ अम्बानीको ६ जुलाई २००२ मा निधन भएको थियो। उनको निधनपछि पत्नी कोकिलाबेन अम्बानीले कम्पनीको नेतृत्व लिइन् र त्यसपछि उनका छोराहरु मुकेश अम्बानी र अनिल अम्बानीबीच व्यापार विभाजित भयो। आज जेठा छोरा मुकेश अम्बानीको स्वामित्वमा रहेको रिलायन्स देशको सबैभन्दा ठूलो र सबैभन्दा मूल्यवान कम्पनी हो। रिलायन्स इन्डस्ट्रिजको मार्केट क्याप १६.५२ लाख करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS