IME Life New

पूर्वाधार र उत्पादनशिल क्षेत्रमा कोषको लगानी आवश्यक : राजस्व सचिव पुडासैनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । पूर्वाधार र उत्पादनशिल क्षेत्रमा कोषले लगानी परिचालन गर्नुपर्ने राजस्व सचिव रामशरण पुडासैनीले बताएका छ । नागरीक लगानी कोषको ३१ औं वार्षिकोत्सवको अवसरमा सचिव पुडासैनीले पूँजी बजारको स्थायित्व, गतिशिलता र विकासका लागि कोषको तर्फबाट थप काम गर्नुपर्ने समय आएको बताएका छन् ।

उहाँले वित्तीय उत्तरदायित्व, पारदर्शिता, संस्थागत सुशासन र आकर्षक सामाजिक सुरक्षा योजना कार्यान्वयन नै कोषको प्रगतिको आधार स्तम्भ भएको धारणा राखका थिए । त्यसैगरी कोषले पुँजी बजारको विकास, गतिशिलता र बजारको स्थायितत्वको बिषयमा काम गर्नुपर्ने बताए।

Esewa
Crest

कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराइले चालु आर्थिक बर्षको फागुन मसान्त सम्म कोषले संचालनमा रहेका योजनाबाट १ खर्ब ६७ अर्ब ९९ करोड पुँजी संकलन गरी १ खर्ब ६३ अर्ब ३० करोड रुपैया लगानी गरेको बताए ।

डा.भट्टराईले उच्च आर्थिक विकासमार्फत समाजमा विद्यमान बेरोजगारीको अन्त्य गर्न नसेकसम्म दिगो विकास र स्थायित्व प्राप्त गर्न नसकिनेमा जोड दिए ।  यस्को लागि कोषले आफूलाई अझ सुदृढ बनाउँदै ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पुरा गर्ने तर्फ काम गर्नुपर्ने आवश्यकत औल्याएका थिए ।

कोष स्थापना देखि नै निरन्तर नाफामा संचालन भईरहनु, प्रत्येक बर्ष सहभागी संख्या बृद्धि गर्न सफल हुनु र फरक–फरक किसिमका बचत योजना सफलता पूर्वक सञ्चालनमा ल्याउन सक्नु नै कोषको सफलताको आधार भएको उहाँको भनाई थियो ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले सेवाग्राहीको सेवालाई ध्यानमा राख्दै उपत्यका बाहिर बिराटनगर र पोखरामा शाखा कार्यालय संचालन गरीरहेकोमा सुदुरपश्चिम प्रदेशको अत्तरिया र लुम्विनी प्रदेशको बुटवलमा शाखा विस्तारको लागि भवन भाडामा लिई कार्यसंचालन गर्ने तर्फ कोषले काम शुरु गरिसकेको बताए ।

कोषले विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकता महसुस गरी नयाँ सफ्टवेयर संचालनमा ल्याइसकेको जानकारी दिए । कोषको भौतिक पूर्वाधार, मानविय पूर्वाधार र नियम कानुनका पूर्वाधारहरुमा सुधार र संसोधन भैरहेको भन्दै उहाँले संगठनात्मक संरचनालाई अझ व्यवसायिक बनाउन र ऐन नियम कानुनको परिधिभित्र बसेर आफनो कार्यलाई अगाडि बढाएको धारणा राख्नुभयो । उहाँले नेपालको आर्थिक वृद्धि एवं नेपाल र नेपालीको समृद्धिका लागि नेपाल सरकारको नीति, योजना, अठोट एवं प्रणमा साथ रहने प्रतिवद्धना व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले कोषले कुल लगानीको ६/७ प्रतिशत मात्रै पुँजी बजारमा लगानी गरेको भन्दै उनले यो प्रतिशत १०/१२ प्रतिशत सम्म पुयाउनुपर्नेमा जोड दिए । स्वदेशी मात्रै नभएर विदेसी स्रोत र साधनलाई परिचालन गर्नुपर्ने आवश्यकता औल्याए । कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसेले समग्र कर्मचारीको हकहितमा काम गर्नुपर्ने धारणा राखेको थियो ।

सो अवसरमा कोषले संचालन कार्यक्रमहरुमा कर्मचारी बचत वृद्धि अवकास कोष, उपदान तथा पेन्सन कोष, एकांक योजना, लगानी कर्ता हिसाव योजना, निजामती बीमा कोष, शिक्षक बीमा कोष, सैनिक बीमा कोष, नार्क बीमा कोष, नेपाल प्रहरी बीमा कोष, सशस्त्र प्रहरी बीमा कोष, राष्ट्रिय अनुसन्धान बीमा कोष तथा नागरिक पेन्सन योजना लगायतका बारेमा जानकारी दिएको थियो ।

यो संगै कोषले सहभागी कर्जा, परियोजना कर्जा, सरकारी क्रणपत्र तथा धितोपत्र लगानी जस्ता क्षेत्रमा कार्य गरी देशको कुल ग्राहस्थ्र्य उत्पादनमा योगदान पु¥याउदै आएको छ ।

कोषले वार्षिकोत्सव कार्यक्रमको अवसरमा प्रभातफेरी कार्यक्रम पनि आयोजना गरेको थियो भने कोष कर्मचारी युनियनले आयोजना गरेको खेलुकुद लगायतका कार्यक्रमका बिजयीलाई पुरस्कृत गरेको थियो भने प्रविन राई, मनमोहन मिश्र र सिरिषा श्रेष्ठ उत्कृष्ट कर्मचारीको रुपमा छनोट भएका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS